बास्केटका ७७ मध्ये लगानी सम्मेलनमा १५ परियोजनाका लागि हस्ताक्षर
Investopaper, चैत्र १६, २०७५
नेपालकाे आर्थिक विकासकाे लागि प्रत्यक्ष वैदेशिक लगानीकाे अहम महत्वलाइ आत्मसातगरि दुइदिने लगानी सम्मेलनकाे आयाेजना गरियाे । आज शनिवार सम्मेलनकाे समापन भयाे । सम्मेलनकाे क्रममा सरकारले लगानीका लागी प्रस्तुत गरेका ७७ परियाेजना मध्ये १५ वटा परियाेजनाहरूकाे लागि हस्ताक्षर भएकाे छ ।
समझदारी वा हस्ताक्षर भएका परियाेजनाहरूः
१) चौधरी ग्रुप र सराफ ग्रुपबीच मल्टी-मोडल लजिष्टिक पार्कको लागि जेभीए सम्झौता भएकाे छ ।
२) ६ सय मेगावाटको सोलार ऊर्जा आयोजनाको लागि चौधरी ग्रुप र क्यानाडाकाे स्काई पावरबीच संझाैतामा हस्ताक्षर भएकाे छ ।
३) सीजी लाइफसेल र टर्कसेलबीच फाइभ जी मोबाइल नेटवर्क सेवाको लागि जेभीएकाे सहमति भएकाे छ ।
४) प्रदेश २ मा २ सय मेगावाटको ऊर्जा प्लान्ट राख्न सीजी इन्फ्रास्टक्चर र प्रदेश २ बीच समझदारी भएकाे छ ।
५) अरुण तेस्रोमा लगानी गर्न एसबीआई बैंक, एभरेष्ट बैंक, नविल बैंक र सतजलबीच समझदारी ।
६) सिन्हुवा वाटर कन्जरभेन्सी एण्ड हाइड्रोपावर इन्भेष्टमेन्ट, हाइड्रो सोलुसन ग्रुप र सांगाई इन्भेष्टमेन्ट, डिजाइन एण्ड रिसर्च इन्स्टिच्युसनबीच १६० मेगावाटको कालीगण्डकी गर्ज निर्माणको समझदारी ।
७) नेपाल लगानी बोर्ड, अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) र विशेष आर्थिक क्षेत्र प्राधिकरणबीच सीमरामा विशेष आर्थिक क्षेत्र निर्माणको लागि समझदारी ।
८) सिन्सियर कन्सल्टिङ कम्पनी र रिसोर्स हिमालय बुटिक भिलेज रिसोर्ट प्रालिबीच बुटिङ भिलेज निर्माणको लागि समझदारी ।
९) एनआरएन र उद्योग विभागबीच १० अर्बको पूर्वाधार कोष स्थापना गर्ने समझदारी ।
१०) नेशनल कोल्याटलर म्यानेजमेन्ट सर्भिस लिमिटेड र नेपाल वेरहाउस कम्पनी लिमिटेडबीच अन्नबाली भण्डारण केन्द्र स्थापनाको समझदारी ।
११) नेपाल निर्माण व्यवसायी एसोसिएसन र म्यानमारको निर्माण व्यवसायी एसोसिएसनबीच पूर्वाधार विकासमा सहकार्य गर्ने समझदारी । म्यानमारबाट नेपालमा आउने हाउजिङ, ऊर्जा, होटलजस्ता क्षेत्रमा हुने लगानीमा सहजीकरण गर्ने ।
१२) २१६ मेगावाटको माथिल्लो त्रिशूली १ मा कोरियाली कम्पनीद्वारा ६५० मिलियन डलर लगानी घोषणा ।
१३) भारतीय मुतुथ ग्रुपद्वारा नेपालको यूनाइटेड फाइनान्समा करिब ४० करोड रुपैयाँ लगानीको घोषणा ।
१४) लगानी बोर्ड र दक्षिण अफ्रिकी लगानी बोर्डबीच आपसी सहकार्यको समझदारी पत्रमा हस्ताक्षर भएकाे छ ।
१५) अपी पावर कम्पनी र कँडेल ग्रुप अफ कम्पनीबीच नेपलमा ऊर्जा विकासको लागि १ खर्ब ७५ अर्ब पाउण्डको समझदारी
