मार्जिन कारोबारका लागि १४ प्रतिशत कम्पनीहरू मात्र योग्य, ३१ कम्पनी मध्ये ११ वटा बाणिज्य बैंक
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत २२१ कम्पनीहरु मध्ये जम्मा १४ प्रतिशत अर्थात ३१ वटा कम्पनीले मात्र मार्जिन काराेवार गर्न पाउने भएका छन ।
नेप्सेले सार्वजनिक गरेको योग्य कम्पनीको सूचीमा ११ वटा मात्र वाणिज्य बैंक रहेका छन् । त्यस्तै, ६ विकास बैंक , ९ लघुवित्त कम्पनी , तीन जलविद्युत, एक होटल्स र एक अन्य कम्पनी रहेका छन् ।
मार्जिन काराेवार सुविधा सम्वन्धि कार्यविधि २०७५ काे दफा ८ वमाेजिमकाे मापदण्ड अनुसार जम्मा ३१ कम्पनी मात्र मार्जिन काराेवार याेग्य भएकाले दफा ९ बमाेजिम सूचना प्रकाशित गरेर जानकारी गराएकाे छ ।
दफा ८ मा उल्लेखित शर्तहरू यस प्रकार रहेका छनः
- कम्तिमा १० हजार शेयरधनी भएको ,
- खुद सम्पत्ति चुक्तापूँजी भन्दा कम नरहेको ,
- पछिल्लो दुई आर्थिक वर्षमा कम्तिमा दश प्रतिशत लाभांश वितरण गरेको ,
- दोस्रो बजारमा अघिल्लो आर्थिक वर्षभर कम्तिमा ८० प्रतिशत कारोबार दिनमा शेयर कारोबार भएको ,
- आर्थिक वर्षको प्रथम ६ महिना भित्रै वार्षिक साधारण सभा सम्पन्न गरेको कम्पनीको शेयर मार्जिन कारोबारका लागि योग्य हुने व्यवस्था छ ।
मार्जिन कारोबारका लागि योग्य धितोपत्र कम्पनीहरु:

नेप्सेबाट जारी सूचना हेर्नकाे लागि यहां क्लिक गर्नुहाेस ।
