अचम्मकाे फूल जुन १४ बर्षमा एक रातको लागिमात्र फूल्छ, क्यान्सरको उपचारमा फलदायी
Investopaper, असार १८, २०७६
हिमालको काँखमा कस्ता-कस्ता अद्भुत फूल, जडिबुटी तथा जीवहरु हुन्छन भन्ने कुरा बारे हामीलाई कतिपय कुराहरु थाहा नहुन पनि सक्छ । हिमालमा पाइने एक यस्तो फूल पनि छ जो १४ बर्षमा एक रातको लागि मात्र फुलेको देख्न पाइन्छ ।
अन्यथा यो फुल फूल कोपिला जस्तो स्वरूपमा मात्र देख्न पाइन्छ, जसको नाम हो ब्रह्मकमल । यो फूल तीन हजार मीटरको ऊंचाई भन्दा माथि फुल्छ ।
अचम्मको कुरा के छ भने राति फूल्ने यो फूल बिहान हुने बित्तिकै फुल्न बन्द हुन्छ । यसलाई हेर्न संसारभरीका मानिसले चाहन्छन। भारतको उत्तराखण्डले राज्य फूलको रुपमा समेत यो फूललाई लिएको छ । ब्रह्मकमललाई फरक फरक स्थानमा फरक-फरक नामले चिनिन्छ । जस्तो कि ब्रह्मकमल, दूधाफूल, गलगल र बरगनडटोगेस ।

यस्ता छन् ब्रह्मकमलसँग जोडिएको ५ खास कुरा
१. निकै चिसो क्षेत्रमा पाइन्छ ब्रह्मकमल
ब्रह्मकमल हिमाली भेगमा पाइन्छ । नेपालमै पनि ब्रह्मकमल पाइन्छ । धार्मिक तथा प्राचीन मान्यताअनुसार ब्रह्मकमललाई भगवान महादेवको प्रिय फूल मानिन्छ । यसको नाम उत्पत्तिका देवता ब्रह्माको नामबाट राखिएको हुनाले यो फूललाई निकै शुभ फूल मानिन्छ ।
२- चीनमा पनि फुल्छ, भंनिन्छ तानहुआयिझियान
ब्रह्मकमल सुन्दर, सुगंधित र दिव्य फूल मानिन्छ । वनस्पति शास्त्रमा ब्रह्मकमलको ३१ प्रजाति छ भनिएको छ । चीनमा पनि ब्रह्म कमल फुल्छ जसलाई ‘तानहुआयिझियान’ भन्ने गरिन्छ, जसको अर्थ हो प्रभावशाली तर कमसमयको लागि मात्र ।
यसको वानस्पतिक नाम ‘ Saussurea obvallata ‘ (साउसुरिया ओबुवालाटा) हो । बर्षको मात्र जुलाई-सेप्टेम्बरको समयमा फुल्ने यो फूल मध्यरातमै फुलेर बन्द हुन्छ । ब्रह्मकमललाई सुकाएर क्यान्सर रोगको उपचारमा उपयोगी हुने हुँदा नेपालका हिमाली भेगका जडीबुटी ब्यापारीहरुले यो फुलबाट मनग्य पैसा समेत आर्जन गर्ने गरेका छन् ।
३. भारतको केदारनाथ धाममा ब्रह्म वाटिकामा पनि यसको रौनक छ
भारतको केदारनाथमा प्रहरीले ब्रह्मवाटिका बनाएको छ, जहाँ पनि यो फूल फूलेको छ । खास कुरा के छ भने सम्भवतः मानिसले बनाएको पहिलो वाटिका यही हो जसमा ब्रह्मकमल फूलेको छ । केदारनाथ प्रहरीका अनुसार यस वाटिका तयार गर्न करिव तीन वर्ष लागेको थियो ।
४. औषधी गुण भएको कारण संरक्षित प्रजातिमा पर्छ
यसको सुन्दरता र औषधीजन्य गुणको कारण पनि यसलाई संरक्षित प्रजातिमा राखिएको छ । क्यान्सर जस्तो खतरनाक रोगको उपचारमा ब्रह्मकमल प्रयोग गर्ने हुँदा पनि यसको महत्व बढेर गएको छ । यो पनि भनिन्छ, घरमा पनि ब्रह्मकमल राख्नाले कयौं दोष टाढा भाग्छ । घरको धन/जनको रक्षा हुन्छ ।
धार्मिक मान्यताको ब्रह्मकमलमा नकली ब्रह्मकमल पनि रहेको छ । केक्टसको फूल पनि रातको समयमा फूल्ने हुँदा त्यसैलाई असली ब्रह्मकमल मानेर पनि कतिपयले पुजा गर्ने गरेका छन् । तर असली फूल ३००० देखि ५००० मिटरको उचाईमा मात्र पाइने हुन्छ । एक तरिकाले भन्दा यो फूल त्यस्तो स्थानमा फूल्छ, जहाँ अन्य बोट-बिरुवा अत्याधिक चिसोको कारणले अस्तित्वमै रहँदैन ।
यो फूल नेपालको बाहेक भारत, भूटान, म्यानमार, पाकिस्तान र चीनमा पनि पाइन्छ ।
५. महाभारतमा यो फूलको कथा
महाभारतमा जब द्रौपदीले भीमसँग हिमालय क्षेत्रबाट ब्रह्म-कमल ल्याइदिन जिद्दी गरिन् तब भीम बदरीको आश्रममा पुगे । तर बदरीनाथ नपुग्दै तीन किलोमिटर अघिनै हनुमानले भीमलाई अघि जानबाट रोके ।
हनुमानजीले आफ्नो पुछारलाई भीमको बाटोमा फालेर बाटो रोकिदिएका थिए । जसलाई पन्छ्याएर अघि बढ्न भीमले सकेनन् । यही हनुमानले भीमको गर्वलाइ ताेडिदिएका थिए । पछी भीमले हनुमान जीसँग आज्ञा लिएर बदरीकाश्रम पुगी ब्रह्म-कमल लिएर द्रौपदी समक्ष पुगेका थिए ।
- विभन्न पत्रपत्रिकाबाट
