नेरुडे लघुवित्तले पनि मर्जर समिति बनायो
Investopaper, असार ३०, २०७६
नेरुडे लघुवित्त वित्तीय संस्थाले मर्जर तथ एक्वाएरको लागि समिति गठन गरेको छ ।
कम्पनीको असार २७ गते बसेको संचालक समितिको बैठकले मर्जर नीतिलाई सहयोग पुर्याउनको लागि अन्य लघुवित्त संस्था गाभ्ने वा गाभिने विषयमा छलफल गरेको छ ।
मर्जरको लागि अध्ययन मात्र गरेकाले हालसम्म कुनै पनि कम्पनी छनोट नभएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका संचालक सुरेन्द्र भट्टराई, वेदराज आचार्य र सदस्य सचिव सुधिर कुमार श्रेष्ठ सम्मिलित बैठकले समिति गठन गरेको हो ।
