उकालाे यात्राः आज बुधबार पनि सुनचाँदीकाे भाउमा बृद्धी

न्भेष्टाेपेपर ।  पुष २०, २०७९

काठमाडौं । लगातर बढिरहेकाे सुनकाे भाउ नेपाली बजारमा बुधवार ३ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन मंगलबार १ लाख २ हजार ६ सय कायम भएकाे सुनको मुल्य आज ३ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २ हजार ९ सय रुपैयाँमा  कारोबार भएको छ । हिजाे मंगलबार सुनको मूल्य प्रतितोला १ लाख २ हजार ६ सय रूपैयाँमा कारोवार भएको थियो । 

त्यसैगरी, बुधबार तेजावी सुनकाे मूल्य पनि प्रतितोला ३ सयले बढेर १ लाख २ हजार ४ सयमा कारोबार भईरहेको महसंघले जनाएको छ ।

यस्तै बुधबार चाँदीको मुल्य भने प्रतितोला १० रुपैयाँले घटेर १ हजार ४ सय रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा करोबार भएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *