राेजगार बन्ने हैन त ? उपत्यकाका ३ जिल्लाकाे लागि ३८ क्षेत्रमा निशुल्क सीपमूलक तालिम
Investopaper, भाद्र २२, २०७६
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतकाे व्यवसायिक शिक्षा तथा तालिम अभिबृद्धी परियोजनाले भौचर प्रणालीमा आधारित ३ महिने (३९० घण्टे) सीपमूलक तालिम निशुल्क रुपमा सञ्चालन गर्नकाे लागि सूचना प्रकाशित गरेकाे छ ।
आर्थिक वर्ष २०७६/०७७ मा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाहरुमा यस्ताे पेशागत सीपमूलक तालिम बिभिन्न तालिम तथा रोजगार सेवा प्रदायक संस्थाहरु मार्फत उपलव्ध गराइने भएकाे छ ।
सीपमूलक तालिम निशुल्क रुपमा सञ्चालन हुने भएकोले इच्छुक गरिब, बेरोजगार युवाहरुले अनलाईनमार्फत आवेदन फाराम भर्नु सकिने सूचनामा उल्लेख गरिएकाे छ । आवेदन फाराम भर्नकाे लागि परियोजनाको वेवसाइट www.event.gov.np बाट अनलाईन फाराममा क्लिक गरी भर्न सकिने छ । अथवा याे लिंकमा क्लिक गरेर सिधै फारम भर्न सकिने छ ।
अनलाईनबाट फाराम भर्ने अन्तिम मिति: २०७६ साल असोज १६ गते राती १२:०० बजे सम्म ।
सम्भाव्य सीपमूलक तालिमका पेशागत विषयहरु यस प्रकार रहेका छन ।
आर्क वेल्डर, कार्पट वेभर, बिल्डिड इलेक्ट्रिसियन, आल्मुनियम फैविकेटर, चाइनिज कुक, बिल्डिड पेन्टर, इण्डष्ट्रियल इलेक्ट्रिसियन, जनरल कुक, बेकर इण्डियन कुक, जुनियर कम्प्युटर हार्डवयर टेक्निसियन, ब्रिकलेयर, मेशन, इसिडि फेसिलिटेटर, जुनियर पल्मबर, भिलेज एनिमल हैल्थ वर्कर, एफएम स्टुडियो टेक्निसियन, टायलामार्वल फिटर, मोटरसाइकल सर्भिस मेकानिक, एसिस्टेन्ट लाइबेरियन, टेलरिङ्ग, मोवाइल फोन रिपेयर टेक्निसियन, एसिस्टेन्ट वेटर, टेलिकम टेक्निसियन, रिसेप्सनिष्ट एसिस्टेन्ट, व्युटिसियन, ड्रेस मेकर, रेफ्रिजेरेशन एण्ड एयर कण्डिशन जुनियर मेकानिक, कन्टिनेन्टल कुक, थान्का (पौवा) आर्ट, बेमौसमी तरकारी उत्पादक कमी-॥, फर्निचर मेकर, हाउस किपिङ/क्लिनर, कम्युनिटि एग्रिकल्चर एसिस्टेन्ट, फेशन डिजाइनर, याण्ड ईम्ब्रोइडरी, कम्युनिटी लाईभस्टक एसिस्टेन्ट, बारवर ।
बिस्तृत जानकारीकाे लागि तल दिइएकाे सूचना अध्ययन गर्नुहुन तथा सम्वन्धित नम्वरमा डायल गर्नकाे लागि समेत आग्रह गरिएकाे छ ।


