महालक्ष्मी विकास बैंकले गर्याे लाभांश प्रस्ताव, शेयरधनीले कति पाउँदैछन् ?
Investopaper, असाैज २३, २०७६
महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीहरुलाई बाेनस तथा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकको असोज १६ गते बसेको सञ्चालक समितिको बैंठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ८ प्रतिशतले हुन आउने २२ करोड ७५ लाख रुपैयाँ बराबरको बोनस शेयर र करसहित ९.८९ प्रतिशतले हुन आउने २८ करोड १४ लाख रुपैयाँ बराबरको नगद लाभांश गरी कुल १७.८९ प्रतिशतले हुन आउने ५० करोड ९० लाख रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी साधारणसभाले अनुमोदन गरेपश्चात शेयरधनीहरुलाइ वितरण गरिनेछ।

