कृषि विकास बैंकले आकर्षक व्याजदरमा ऋणपत्र निष्काशन गर्दै
Investopaper, कार्तिक ०६, २०७६
कृषि विकास बैंक लि.ले १०.३५ प्रतिशत आकर्षक व्याजदर पाउनेगरि २ अर्व ५० करोड रूपैयाँ रकम बरावर को २५ लाख कित्ता ऋण पत्र जारी गर्ने भएको छ ।
उक्त ऋण पत्र जारी गर्ने कार्यको लागि कृषि विकास बैंक लि. र एनआईविएल एस क्यापिटल लि. विच सम्झौता भै गर्नु पर्ने आवश्यक कार्यहरु अगाडी बढी सकेको छ ।
“एडिविएल कृषि विकास बैंक लि.२०८३” नाम दिइएको ७ वर्षे ऋणपत्र (डिवेन्चर) १०.३५ प्रतिशत व्याजदरमा जारी गर्नका लागि नेपाल राष्ट्र बैंकबाट समेत स्वीकृती प्राप्त भै सकेको छ भने अन्य नियमक निकायबाट आवश्यक स्वीकृत तथा कागजात तयार गरी आम नेपाली नागरीकका लागि ऋणपत्र (डिवेन्चर) छिट्टै जारी हुने बैंक श्राेतले जानकारी गराएकाे छ ।
