राधे-कृष्ण बचत तथा ऋण सहकारीकाे साधारण सभा सम्पन्न

Investopaper, कार्तिक २४, २०७६

काठमाण्डाै – १६ बनस्थली स्थित राधे-कृष्ण बचत तथा ऋण सहकारी संस्थाकाे ११ अाै बार्षिक साधारणसभा कार्तिक २३ गते शनिवारका दिन सम्पन्न भएकाे छ ।

गत असार मसान्तसम्म कुल १६५१ जना शेयर सदश्यहरूरहेकाे संस्थाले गत अार्थिक वर्षकाे कमाइबाट १६ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव पारित गरेकाे छ । यसका साथै वित्तीय प्रतिवेदन सहित विभिन्न प्रतिवेदनहरू पनि पास गरेकाे छ ।

सहकारी विनियमावलीसंग बाझिएका विनियमहरू संशाेधन गर्नुका साथै कुनै उपर्युक्त सहकारी संस्थाहरूसंग मर्जरकाे पहल गर्न अख्तियारी हस्तान्तरण गरिएकाे प्रस्ताव पारित भएकाे छ ।

आाफ्नै भवन निर्माणगरि कार्यक्रम संचालन गरिरहेकाे सहकारीकाे ३ कराेड ७७ लाख १० हजार ५ सय शेयर पूँजी रहेकाे छ । सस्थाले गत आार्थिक वर्षमा २६ कराेड ८५ लाख बचत निक्षेप संकलनगरि २५ कराेड ९३ लाख कर्जा प्रवाह गरेकाे छ । यस अवधिमा करिव १ कराेड २२ लाख खुद नाफा गरेकाे विवरण सार्वजनिक गरेकाे छ ।

साधारण सभामा उत्कृष्ट कर्मचारीलाइ नगद तथा सम्मानपत्र द्वारा सम्मानित गरिएकाे थियाे भने नियमित वाल वचत गर्ने एक जनालाइ पनि पुरस्कृत गरिएकाे थियाे । यसैगरि, एसइइ पास गरेका सम्पूर्ण शेयरधनीका छाेराछाेरीहरूलाइ पनि सम्मान गरिएकाे थियाे ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *