गरिमा विकास बैंककोे नाफा २१ प्रतिशतले वृद्धि, अन्य सूचकांकहरूमा पनि सुधार

Investopaper, कार्तिक २९, २०७६

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गरिमा विकास बैंकले २१ प्रतिशतकाे नाफा वृद्धि गर्नुका साथै अन्य धेरैजसाे सूचकांकहरूमा समेत सुधार गरेकाे बित्तीय विवरण पस्किएकाे छ ।

बैंकले चालु आवको असोजसम्ममा १८ करोड ८७ लाख रुपैयाँ नाफा गरेको छ । यो नाफा गत आवको सोही अवधीको तुलनामा २१.४२ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको असोजसम्ममा बैंकले १५ करोड ५४ लाख रुपैयाँ नाफा गरेको थियो । यस अवधिमा बैंकको वितरण योग्य नाफा ६ करोड ३ लाख रुपैयाँ छ ।

चालु आवको असोजसम्ममा बैंकमा ३५ अर्ब ९४ करोड रुपैयाँ निक्षेप संकलन गरेकाे छ भने ३० अर्ब रुपैयाँ कर्जा प्रबाह गरेको छ । यो अवधीमा बैंकको खर्च करिब ५ करोड ७६ लाख रुपैयाँले बढेको छ भने आम्दानी ६ करोड २१ लाख रुपैयाँले वढेको छ ।  त्यसैगरी बैंकको फि तथा कमिसन आम्दानी पनि एक करोडले वढेको छ।

गरिमा विकास बैंकले हासिल गरेका प्रमुख बित्तीय सूचकांकहरूः

  • बैंककाे चुक्ता पुँजी २ अर्ब ७८ करोड ८३ लाख रुपैयाँ रहेकाे छ ।
  • बैंकको सञ्चित कोषमा ६३ करोड २० लाख रुपैयाँ रहेको छ ।
  • बैंकको प्रतिसेयर आम्दनी २५.१२ रुपैयाँ रहेको छ ।
  • आधार ब्याजदर ११.२० प्रतिशत कायम भएको छ ।
  • असोजसम्ममा बैंकको कोषको लागत ८.४८ प्रतिशत कायम भएको छ ।
  • पहिलो त्रैमासमा खराव कर्जा ०.८४ प्रतिशतबाट घटेर ०.३६ प्रतिशत छ ।
  • कर्जा निक्षेप अनुपात ७७.१३ प्रतिशत रहेकाे छ ।
  • तरलता अनुपात २५.५२ प्रतिशत रहेकाे छ ।
  • प्रति शेयर नेटवर्थ १४२.२२ रूपैयाँ रहेकाे छ ।
  • प्रति शेयर कुल सम्पत्तीकाे मूल्य १४७६.३७ रूपैयाँ र
  • बैंकको मूल्य आम्दानी अनुपात ८.६० गुणा रहेको छ ।
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *