प्रथम त्रैमासमा सबैभन्दा धेरै मुनाफा गर्ने राष्ट्रिय वाणिज्य बैंक
Investopaper, कार्तिक ३०, २०७६
चालु आर्थिक वर्षको प्रथम त्रैमासमा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै मुनाफा राष्ट्रिय वाणिज्य बैंकले गरेकाे छ । नबिल बैंकले वाणिज्य बैंकभन्दा ४० लाख थोरै एक अर्ब १२ करोड ३५ लाख मुनाफा आर्जन गरेको बित्तीय विवरण प्रकाशित गरिसकेकाे छ ।
यस बैंकले चालु आवको असोज मसान्तसम्ममा एक अर्ब १२ करोड ७५ लाख ३७ हजार खुद मुनाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब ११ करोड ९० लाख ७४ हजार खुद नाफा कमाएको थियो।
यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब ३० करोड ६३ लाख ११ हजार रुपैयाँ रहेको छ।
चालु आवको तीन महिना अवधिमा राष्ट्रिय वाणिज्य बैंकले १ खर्ब ८७ अर्ब ३६ करोड निक्षेप संकलन गरेर १ खर्ब ४३ अर्ब ३३ करोड कर्जा प्रवाह रहेको छ । बैंकको निक्षेप १.४ प्रतिशत र कर्जा लगानी ०.७८ प्रतिशतले घटेको हो।
राष्ट्रिय वाणिज्यले हासिल गरेका प्रमुख बित्तीय विवरणहरूः
- बैंकको चुक्ता पूँजी ९ अर्ब ४७ लाख ९५ हजार ७०० रुपैयाँ छ।
- बैंकको जगेडा कोषमा १३ अर्ब ७१ करोड ७१ लाख राखेको छ ।
- खराब अनुपात घटाएर ३.५० प्रतिशतमा झारेपनि अझै उच्च देखिन्छ ।
- यस अवधिमा बैंकको स्प्रेडदर ५.९८ रहेकाे छ जुन केन्द्रीय बैंकले तोकेको भन्दा उच्च हाे ।
- पूँजीकोष अनुपात १३.९५ प्रतिशत रहेकाे छ ।
- कर्जा निक्षेप अनुपात ७१.९७ प्रतिशत र
- आधार दर ६.६ प्रतिशत रहेकाे छ ।
