सेन्चुरी बैंकका कर्मचारीलाई कृषि वित्त तालिम

Investopaper, मंसिर ०३, २०७६

सेन्चुरी कमर्सियल बैंकका कर्मचारीहरुलाई लक्षित गरी हालै एक दिने कृषि वित्त तालिम ( Training on Agriculture Sector Finance for Credit Staff) सम्पन्न गरिएको छ ।

डेभ्लपमेन्ट एलायन्स नेपाल प्रा.लि. र सेन्चुरी कमर्सियल बैंक लि.द्वारा संयुक्त रुपमा बुटवलमा अयोजित उक्त तालिम कार्यक्रममा बैंकका प्रदेश नम्बर ५ र प्रदेश नम्बर ३ अन्तरगत विभिन्न शाखाहरुमा कार्यरत २५ कर्मचारीहरु सहभागी रहेका थिए ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा कार्यक्रम कार्यान्वयन गर्न प्रदेश अन्तरगतका शाखाका कर्मचारीहरुलाई कृषि कर्जाको विश्लेषण सम्बन्धमा आवश्यक सीप र ज्ञान प्रदान गर्न डेभ्लपमेन्ट एलायन्स नेपाल प्रा.लि. संगको समन्वयमा यस किसिमको तालिम आयोजना गरिएको सेन्चुरी कमर्सियल बैंकका कृषि कर्जा विभागका प्रमुख प्रबिन कुमार दाहालले जानकारी गराउनु भयो ।

दाहालले प्रथम पटक स्थानिय स्तरमा आयोजना गरिएको यस प्रकारको तालिम उपलब्धिमुलक रहेको र यसबाट कर्मचारीको क्षमता अभिबृद्धि भइ कृषि कर्जा विस्तारको लागी सहयोगी हुने बिचार राख्नु भयो ।

डेभ्लपमेन्ट एलायन्स नेपाल प्रा.लि.ले वाणीज्य बैंकका कर्मचारीहरुलाई लक्षित गरी कृषि वित्त तालिमको आयोजना गर्दै आएको छ । डेभ्लपमेन्ट एलायन्स कृषि विकास बैंकबाट अवकास प्राप्त कृषि कर्जाको क्षेत्रमा लामो अनुभव प्राप्त विज्ञ समूहद्धारा प्रवद्धित संस्था रहेको र यसले आगामी दिनमा कृषि वित्त क्षेत्रमा सघाउ पुर्याउन विभिन्न बैंक तथा वित्तीय संस्था एवं सरोकारवाला निकायहरुसंग सहकार्य गरी अगाडि बढ्ने कर्यकारी निर्देशक प्रसिद्ध सिंह सुवालले जानकारी गराउनु भयो ।

विगत लामो समयदेखि कृषि विकास बैकले कृषि क्षेत्रलाई केन्द्रित गरी कर्जा लगानी गरिरहेकोमा गत आ.व. देखि सबै वाणिज्य बैंकहरुले आफ्नो कुल कर्जा तथा सापटको १० प्रतिशत अनिवार्य रुपमा कृषि क्षेत्रमा मात्र कर्जा लगानी गर्नु पर्ने बाध्यात्मक ब्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ । यस अघि कृषि र उर्जामा १५ प्रतिशत कर्जा लगानी गर्नु पर्ने ब्यवस्था रहदा बाणिज्य बैंकहरुले उर्जा क्षेत्रमा कर्जा लगानी केन्द्रित गर्दै आएका थिए ।

कृषि कर्जा लगानीको पर्याप्त अनुभव नहुँदा अधिकांश “क” वर्गका बैंकहरुलाई प्रभावकारी रुपमा कर्जा कार्यक्रम संचालन गर्न कठिनाइ रहेको सन्दर्भमा यस प्रकारको तालिमबाट गुणस्तरीय कृषि कर्जा प्रवाह गर्न सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *