पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई देशद्रोहको अभियोगमा मृत्युदण्डको फैसला

Investopaper,पौष १, २०७६

पाकिस्तानका भूतपूर्व सैन्य शासक तथा पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई एउटा विशेष अदालतले देशद्रोहको अभियोगमा मृत्युदण्डको सजाय सुनाएको छ।

बीसीसी उर्दूका अनुसार यो मुद्दा सन् २०१३ देखि विचाराधीन मुद्दालाई उल्टाइएको छ र इस्लामाबादस्थित उच्च अदातलका मुख्य न्यायाधीश भएको तीनसदस्यीय इजलासले मङ्गलवार मुशर्रफलाई संविधानको अवहेलना तथा गम्भीर देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै उनको अनुपस्थितिमा नै मृत्युदण्डको सजाय सुनाएको हो।

पाकिस्तानी सञ्चारमाध्यमले यो आदेशले तरङंग पैदा गरेको छ र पाकिस्तानको इतिहासमै पहिलो भएको र  न्याय प्रति पाकिस्तानी जनताको आस्था कम भएको अवस्थामा यो निर्णयले न्याय प्रतिको झिनो आशा पलाएको सम्वन्धीत स्रोतले जनाएको छ।

उच्च अदालतका प्रधान न्यायाधीश वकार अहमद सेथको नेतृत्वमा रहेको तीन सदस्यीय इजलासले मङ्गलवार  देशद्रोहको मुद्दामा पूर्वराष्ट्रपतिलाई मृत्युदण्डको सजाय सुनाएको “डन पत्रिका”ले उल्लेख गरेको छ। द न्यूजका अनुसार मुशर्रफलाई पाकिस्तानको संविधानको धारा ६ अनुसार दोषी ठहर गरिएको हो।

मुशर्रफ सन् १९९८ मा सेनाप्रमुख नियुक्त भएका थिए। उनी राष्ट्रपति भएकै दौरान सन् २००७ नोभेम्बर ३ मा उनीले सङ्कटकाल घोषणा गरेर उनले संविधान निलम्बित गरिदिएका थिए र त्यही मुद्दालाई उठाएर उनलाई देशद्रोह र मृत्युदन्ड सजाय सुनाएको छ। मुद्दा चल्दाचल्दै मुशर्रफ सन् २०१६ मार्च महिनामा यूएईको दुबई गएका थिए। उनको अहिले त्यहाँ उपचार भइरहेको छ।

मुद्दा हेरिरहेको निकायलाई केही दिनअघि उनले एउटा भिडिओ सन्देश पठाएर आफ्नो स्वास्थ्य बिग्रिएको भन्दै आफ्नो स्थिति हेर्न आउन आग्रह गरेका थिए। मुशर्रफले संविधानको अवहेलना तथा गम्भीर देशद्रोहको मुद्दाबारे टिप्पणी गर्दै उनले आफूविरुद्ध लागेको आरोपको निन्दा तथा खण्डन गरेका थिए। मुशर्रफ सन् २००१ देखि २००८ सम्म पाकिस्तानका राष्ट्रपति थिए।

द एक्सप्रेस ट्रिब्यूनले यो आदेशको पूर्णपाठ ३८ घण्टामा जारी गरिने बताएको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *