आर्किटेक्चर काउन्सिल गठन हुन्छः मन्त्री इश्तियाक राई

Investopaper, पौष ४, २०७६

काठमाडौं । शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले छुट्टै आर्किटेक्चर काउन्सिल गठन गर्ने बताउनुभएको छ । इन्जिनियरिङ क्षेत्रकै एउटा विधाका रुपमा रहँदै आएको आर्किटेकचर एउटा विशेष कला भएकाले यसका लागि काउन्सिल नै आवश्यक रहेको मन्त्री राईको भनाई छ ।

सोसाईटी अफ नेप्लिज आर्किटेक्ट्स (सोना)ले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री राईले नेपालको परम्परागत सभ्यता जोगाउँदै वर्तमान पुस्तालाई आधुनिक सुविधासहितका संरचना निर्माणमा लाग्न आर्किटेक्टहरुलाई आग्रह समेत गर्नुभएको छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै ‘आर्किटेक्चरल रेस्पोन्सेस टू टूरिजम इन नेपाल’ भन्ने मूल मुद्दामा केन्द्रित सम्मेलनमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रलालयका सचिव केदारबहादुर अधिकारीले पर्यटकीय संरचना निर्माणका चुनौतिको पहिचान गरी आगामी दिनमा थप कलात्मक संरचना निर्माणका लागि सम्मेलन सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

सम्मेलनमा बोल्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले सम्मेलनमा सहभागि हुन विभिन्न मुलुकबाट नेपाल आउनुभएका सहभागिहरुलाई आफ्नो मुलुकमा पर्यटन बर्ष २०२० बारे सूचना पुर्याईदिन अनुरोध समेत गर्नुभएको छ ।

सोनाकी अध्यक्ष अञ्जु मल्ल प्रधान, स्क्याफका अध्यक्ष राजेश थापा लगायतले सम्मेलनले पर्यटकीय संरचना निर्माणमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

दुई दिनसम्म चल्ने सम्मेलनमा सिंगापुर, इण्डोनेसिया, साउथ कोरिया, बंगलादेश, मलेशिया, फिलिपिन्स लगायतका १० मुलुकबाट आएका सहभागी सहित पर्यटन र निर्माण क्षेत्रमा क्रियाशिल करिब ४ सयको सहभागिता रहेको सोनाका महासचिव सुरज खनालले जानकारी दिनुभयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *