मुक्तिनाथ रेमिटको रेमिट्यान्स अभियानका विजेताहरुलाई विभिन्न ७६ पुरस्कार वितरण

पुस ६, २०७६ | Investopaper

मुक्तिनाथ विकास बैंक अन्तर्गत रहेको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१, २०७६ देखि कार्तिक ३० गतेसम्म लागूहुने गरी सञ्चालन गरेको रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियानका भाग्यशाली विजेताहरुलाई विभिन्न ७६ पुरस्कारहरु वितरण गरेको छ ।

यस अभियान अन्तर्गत तोकिएको अवधिभित्र मुक्तिनाथ रेमिटबाट पैसा पठाउनुहुने वा कुनै पनि रेमिट्यान्स मार्फत पठाएको रकम मुक्तिनाथ विकास बैंकबाट लिनुहुने सम्पुर्ण ग्राहकवर्गहरु मध्यबाट भाग्यशाली विजेताहरुलाई विभिन्न ७६ पुरस्कारहरु वितरण गरिएको हो । ७६ पुरस्कारहरुमध्ये २५ जनालाई Bluetooth Speaker , २० जनालाई Pressure Cooker , १५ जनालाई Smart Mobile Set , ७ जनालाई TV 32” Smart HD , ५ जनालाई Fridge 200 ltr , ३ जनालाई Laptop , १ जनालाई Scooty वितरण गरिएको छ । भाग्यशाली विजेताहरुको घोषणा २०७६ मंसीर १५ गते आईतबार ३ बजे यस विकास बैैंकको Facebook Page मार्फत Live गरिएको थियो ।

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आई रहेको बैंकका प्रमुख सूचना अधिकारी श्री तिल बहादुर गुरुङ्गले बताउनुभयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *