चुरोट सेवनले हाम्राे स्वास्थ्यमा पार्ने नकारात्मक असरहरू
इन्भेष्टोपेपर । फागुन १२, २०७६
धूमपानकाे लतले मानव स्वास्थ्यमा निकै नकारात्मक असर पारिरहेकाे छ । चुराेट सेवनले धनकाे क्षति त हुन्छ नै त्याे भन्दा खतरनाक क्षति जनस्वास्थ्यमा पर्दछ । धूमपानका कारणले व्यक्ति तथा देशले अपूरणिय क्षति व्यहाेरीरहेकाे छ । धुमपानले सृजित असर र सेवन गर्न नहुने २० कारणहरू यस प्रकार रहेकाछन ।
१. विश्वमा चुरोट सेवन गर्नेहरूमध्ये आधाको अकालमै मृत्यु हुन्छ।
२. ढाड दुख्नुको प्रमुख कारण चुरोट सेवन पनि हो।
३. चुरोट सेवनले बुढोपन छिटो गराउँछ।
४. अमेरिकामा प्रत्येक पाँच मिनेटमा एक जनाको चुरोट सेवनका कारण मृत्यु हुन्छ।
५. चुरोट सेवन गर्ने मानिसमा छालाको समस्या हुन्छ। यिनीहरूको छाला पहेँलो, फुस्रो र खुम्चिएको हुन्छ। छालामा रगत नपुगेर यो तन्किने सम्भावना हुन्छ।
६. चुरोट सेवनले शरीरमा भएको भिटामिन ‘सी’ ३० प्रतिशतले घटाउँछ।
७. चुरोट सेवनले आन्द्रामा हानि गर्छ।
८. निकोटिनले रगतमा कोलेस्ट्रोलको मात्रा बढाउँछ।
९. चुरोट सेवनले दाँत र गिजा बिगार्नुका साथै मुखको अल्सर हुन्छ।
१०. चुरोट सेवन गर्नेहरूलाई डिमेन्सिया हुने सम्भावना दोब्बर हुन्छ।
११. चुरोट सेवनले मोतिबिन्दु हुन सक्छ।
१२. सुर्तीमा ६ हजारजति केमिकल हुन्छन्, जसमा साइनाइड, बुटेन र कार्वनमोनोअक्साइड जस्ता हानिकारक केमिकल नि हुन्छन्।
१३. चुरोट सेवनले स्ट्रोक हुने सम्भावना ६ गुणा बढी हुन्छ।
१४. गर्भावस्थाका बेला चुरोट सेवनले बर्सेनी पाँच हजार भ्रुणको मृत्यु हुन्छ। कम तौल र वौद्धिक विकास नभएका बच्चाहरूको पनि जन्म हुन्छ।
१५. चुरोट सेवन गर्ने महिलामा महिनावारी छिटो रोकिने सम्भावना हुन्छ।
१६. शरीरको सबै भागमा चुरोटले असर गर्छ, जसमा मुटु र भास्कुलर सिस्टम पनि पर्छ।
१७. चुरोटले शरीरको रोगसँग लड्ने क्षमता पनि घटाउँछ।
१८. चुरोटले मधुमेहको सम्भावना बढाउँछ।
१९. चुरोट सेवनले व्यायम गर्ने क्षमतामा ह्रास ल्याउँछ।
२०ं. चुरोट सेवनले निमोनिया हुने सम्भावना बढाउँछ।
