के अगरबत्तीको धुवाँ चुरोटको धुँवाभन्दा पनि हानिकारक हुनसक्छ?

इन्भेष्टोपेपर ।  श्रायण १०, २०७७  

अगरबत्ती हाम्रो दैनिक रुपमा प्रयोग हुने वस्तु हो। पूजापाठमा यो अनिवार्य चाहिन्छ। अगरबत्ती अध्यात्मको प्रतीक हो भने यसले शान्ति र सुख दर्शाउँछ। यसको मिठो सुगन्धले आनन्द महसुस गराउँछ।

तर एक अध्ययनका अनुसार अगरबत्तीको धुवाँले स्वास्थ्यमा हानि पुर्‍याउने वैज्ञानिकहरुले बताएका छन्। 

२०१५ को एक चाइनिज अध्ययन जुन ‘स्प्रिन्जर्स जर्नल इन्भाइरनमेन्टल केमेस्ट्रिी लेटर्स’मा प्रकाशित छ, सो अध्ययनले अगरबत्ती र चुरोटको धुवाँको तुलनात्मक अध्ययन गर्दा अगरबत्तीमा धेरै मात्रामा हानिकारक केमिकल्सको प्रयोग हुने पाइएको छ। अध्ययनले अगरबत्तीमा भएको केही केमिकल्स चुरोटमा समेत पाइने बताउँछ।  

अध्ययनका अनुसार नजिकै छेउछाउमा बाल्ने अगरबत्तीको प्रयोगले डिएनएमा परिवर्तन ल्याउन सक्छ। अध्ययनकर्ताले यसमा म्युटाजेनिक, जेनोटोक्सिक र साइटोक्सिक जस्ता टोक्सिन (विष) पाइन्छन् जसले क्यान्सर र फोक्सोका रोगहरु निमत्याउन सक्छन् भनेर पत्ता लगाएका छन्।

त्यसैगरी अध्ययनले अगरबत्तीको धुवाँ फोक्सोमा गई बस्दा यसले इन्फ्लामेटरी रियाक्सन पनि गराउनसक्ने बताएको छ। अगरबत्तीमका कणहरुमा ६४ प्रकारका तत्व हुने भएकाले यसले श्वासप्रश्वास नलीमा जलन गराउनसक्छ।

त्यसका साथै अगरबत्तीले थप विभिन्न तत्वहरुले शरीरलाई हानी पुर्‍याउने अध्ययनले निष्कर्ष निकालेको छ। अध्ययनकर्ताहरुले अगरबत्तीको प्रयोग सावधानीपूर्वक गर्नुपर्ने बताएका छन् तर यो चुरोट र खैनीभन्दा पनि हानिकारक छ या छैन भनेर यकिनका साथ भन्न चाहिँ सकेका छैनन्।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *