संक्रमितको संख्या बढेसँगै परीक्षणको दायरा बढाउँदै महानगर

इन्भेष्टोपेपर ।  श्रायण २१, २०७७

काठमाडौं । बन्दाबन्दी खुलेसँगै पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या बढेपछि काठमाडौं महानगरपालिकाले परीक्षणको दायरा बढाएको छ । 

वडा नं १४ र २८ का जनप्रतिनिधि, कर्मचारी, वडामा नियमित आवतजावत गर्ने व्यक्ति र बिरामीको सम्पर्कमा रहेका व्यक्तिको परीक्षण गरिएको कामपाले जानकारी दिएको छ ।  

सोमवार वडा नं २८ का ६५ जना र वडा नं १४ का ३२ जनाको गरी ९७ जनाको पीसीआर परीक्षण गरिएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए । यही जेठ १४ गते वडा नं २८ का चार जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । 

संक्रमण पुष्टि भएका व्यक्तिका एक जना घरधनी वडामा सेवा लिन आएपछि संक्रमणको जोखिम बढेकाले परीक्षण गरिएको हो ।  

त्यसैगरी वडा नं १४ मा पनि सर्लाहीबाट आएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सरकारले बन्दाबन्दी खोलेपछि पछिल्लो समय देशभरि नै कोरोना संक्रमण बढिरहेको छ । 

संक्रमणको दर बढेपछि कामपाका प्रमुख विद्यासुन्दर शाक्यले जात्रा पर्व पनि घरमा नै विधि पुर्‍याएर मनाउनसमेत आग्रह गरेका छन् । ठूलो जमातमा संक्रमण फैलिए त्यसलाई न्यूनीकरण गर्न समस्या हुने भन्दै प्रमुख शाक्यले मंगलवार एक विज्ञप्ति जारी गरी सबै नगरवासीलाई आग्रह गरेका छन् । रासस

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *