अब आँसु खसाउनु पर्दैन
— के पी शर्मा ओली
अब आँसु खसाउनु पर्दैन
रगत बगाउनु पर्दैन
नेपाली मन अब फुट्दैन
राष्ट्रिय एकता टुट्दैन
शान्ति अब यहाँ मर्दैन
नेपाली मर्न पर्दैन
बढ्यो नेपाल अब बढ्यो अघि
विकासमा पछि पर्दैन
गणतन्त्र हो यो गणतन्त्र
सार्वभौम जनताको जनतन्त्र
अब आँसु खसाल्नु पर्दैन ।
००० ००० ०००
सामाजिक न्याय र समानता
अधिकारसम्पन्न जनता
मेची काली, पहाड तराई
निर्भय वातावरण सुरक्षित नारी
अब आधुनिकतामा बढ्यो नेपाल
गणतन्त्र हो यो गणतन्त्र
सार्वभौम जनताको जनतन्त्र
अब आँसु बगाउनु पर्दैन
००० ००० ०००
फाटोका खेती कुहिन्छन
स्वार्थी हिँसा तुहिन्छन
अब चेलीका चुरा फुटदैनन्
कोही टुहुरा पर्दैनन्
गणतन्त्र हो यो गणतन्त्र
शक्तिको श्रोत जनताको
जनतन्त्र हो यो जनतन्त्र
अब आँसु खसाउनु पर्दैन
रगत बगाउनु पर्दैन ।
मे १, २०२० (सूर्य थापाको ट्वीटरबाट)