अमेरिकी दूतावासमा कार्यरत नेपालीहरू कोरोना संक्रमित

इन्भेष्टोपेपर ।  असार ७, २०७७

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित अमेरिकी दूतावासका कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यहाँ काम गर्ने कूटनीतिज्ञ तथा अरु स्थानीय कर्मचारीहरुमा पनि कोरोनाको संक्रमण देखिएको अमेरिकी विदेश मन्त्रालयले जानकारी दिएको छ ।

तर विदेश मन्त्रालयले यहाँका कति जना कर्मचारीमा यसको संक्रमण देखिएको हो भन्ने बारेमा भने स्पष्ट पारेको छैन । तर पनि करिब २० जनामा यो संक्रमण देखिएको बताइएको छ ।

तीमध्येका धेरैजसो दूतावास सुरक्षामा कार्यरत नेपाली गोर्खाहरु रहेको बताइएको छ । तर दूतावासमा आवश्यक सबै स्वास्थ्य सुरक्षा मापदण्डहरु अपनाइएको बताउँदै संक्रमितहरुलाई आइसोलेसनमा राखिएको र आवश्यक स्वास्थ्य उपचारको प्रबन्ध गरिएको सो दूतावासले जनाएको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *