चीनियाँ बजारमा आईफोनकाे बिक्री सुस्तायाे, हुवावेईले पकड जमाउंदै

माघ २८, २०७५, वेर्इझिङ (चीन) ।

चिनियाँ बजारमा अमेरिकी बहुराष्ट्रिय स्मार्टफोन निर्माता कम्पनी एप्पल इङ्कको विक्री घटेको छ । बजार अनुसन्धाता संस्था आईडीसीको प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदनअनुसार सन् २०१८ को अन्तिम त्रैमासमा त्यहाँ एप्पलको विक्री वार्षिक १९ दशमलव ९ प्रतिशतले घटेको छ । यो सँगै त्यहाँको स्मार्टफोन बजारमा कम्पनीको हिस्सा पनि साढे ११ प्रतिशतमा झरेको छ ।

घरेलु कम्पनी हुवावेई टेक्नोलोजिजको विक्रीमा भएको तीव्र वृद्धिका कारण एप्पलको विक्री खुम्चिएको हो । समीक्षा अवधिमा घरेलु बजारमा हुवावेईको विक्री वार्षिक २९ प्रतिशतले बढ्दा बजार हिस्सा पनि २३ दशमलव ३ प्रतिशतमा पुगेको छ । चिनियाँ अर्थतन्त्रमा आइरहेको सुस्ती, फोन फेर्न लाग्ने समयमा भएको वृद्धि, आइफोनको चर्को मूल्यका कारण त्यहाँ एप्पलको विक्री घटेको आईडीसीको भनाई छ ।

अक्टोबर–डिसेम्बर त्रैमासमा अर्को चिनियाँ कम्पनी साओमीको विक्री भने सबैभन्दा खराब रह्यो । आईडीसीको प्रक्षेपण अनुसार गत वर्षको सोही अवधिको तुलनामा समीक्षा अवधिमा साओमीको विक्री करीब ३५ प्रतिशतले घटेको छ । बजार हिस्सा पनि १० प्रतिशतमा आएको छ । एजेन्सी

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *