ऊर्जा सम्मेलन २०१९ः विभिन्न ६ समझदारी सहित समापन
Investopaper, मंसिर ०७, २०७६
काठमाडौं : ऊर्जा सम्मेलन २०१९ विभिन्न ६ वटा सम्झौता गर्दै समापन भएको छ। सम्मेलमा ६ सम्झदारी ऊर्जा विभिन्न नियायबीच द्विपक्षीय समझदारी भएको हो।
सम्मेलनको भारत सरकार स्वामित्वको एनएचपीसी लिमिटेड र नेपाल सरकार स्वामित्वको हाइड्रोइलेक्ट्रिसिटी एन्ड इन्भेस्टमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को साझेदारी पत्रमा हस्ताक्षर भएको छ। यो सम्झौतामा दुई वटा समझदारी रहेको इप्पानले जानकारी दिएको छ। इन्डियन इनर्जी लिमिटेड र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)बीच तेस्रो समझदारी भएको छ।
जलविद्युत्मा लगानी गर्नका लागि दुवै सरकारी स्वामित्वका एचआईडीसीएल र एनएचपीसीबीच एमओएमा हस्ताक्षर भएको हो। एचएचपीसी भारतको केन्द्रीय सरकारको स्वामित्वको कम्पनी हो।
यस्तै डिलोइट बैंगलादेश र इप्पानबीच नेपालको जलविद्युत्का लागि क्षेत्रीय बजारको अवसर पहिचानसम्बन्धी अनुभव आदनप्रदान गर्ने सम्झौता भएको छ। यस्तै आईएफसी र इप्पानबीच ऊर्जा क्षेत्रमा महिला सहभागिता तथा सशक्तीकरण बढाउने समझदारी भएको छ।
सम्मेलनमा २१ देशका ७६४ जनाले सहभागिता जनाए। यस्तै कार्यपत्र प्रस्तुतकर्तासहित ७९ वक्ता थिए भने ८७ वटा व्यापारिक मिटिङ (बीटूबी) भएको थियो। अर्को सम्मेलनको आठौं संस्करण तीन वर्षपछि गर्ने घोषणा पनि आयोजक संस्थाले गरेको छ।
विद्युत् व्यापारका लागि क्षेत्रीय सहकार्य तथा प्रसारण सञ्जाल निर्माण गर्न मुख्य रूपमा राजनीतिक इच्छाशक्ति आवश्यक रहेको निष्कर्षसहित ऊर्जा सम्मेलन २०१९ सकिएको हो।
विद्युतीय सवारीको प्रयोग बढ्दै गएको र पेट्रोलियम पदार्थबाट चल्ने सार्वजनिक सवारीको तुलनामा सस्तो र भरपर्दो हुन थालेको भन्दै यसको प्रवद्र्धन गरिने भएको छ। कन्साइ पावर जापानका महाप्रबन्धक मिचियाकी मास्टुमुराले जलाशययुक्त परियोजनामा विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) मोडालिटीबारे प्रस्तुती राखेका थिए।
भारतीय लगानीमा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना समयमै निर्माण सक्ने प्रतिबद्धता व्यक्त गरिएको छ। २४ प्रतिशत मात्रै निर्माण भएको यो आयोजना प्रवद्र्धक सतलजल जलविद्युत् निगम लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अरुण धिमानले यसलाई तोकिएकै समयमा सक्ने प्रतिबद्धता व्यक्त गरे। याे समाचार आजकाे अन्नपूर्णपाेष्ट दैनिकमा प्रकाशित भएकाे छ ।