स्वराेजगार लघुवित्तले साधारण सभा बाेलायाे, बुकक्लाेज कहिले ?

Investopaper, मंसिर ०६, २०७६

स्वराेजगार लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्न यहि मंसिर २८ गते ११औं वार्षिक साधारणसभा आह्वान गरेको छ। साधारण सभा कायस्थ व्यान्क्वैट बनेपा-५ काभ्रेमा गर्ने निर्णय गरेकाे छ ।

साधारण सभामा संचालक समितिबाट घाेषणा गरिएकाे २६.७५ प्रतिशत बाेनस शेयर तथा १.४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमाेदनका लागि लैजादैछ ।

साधारण सभा प्रयोजनको लागि लघुवित्तले मंसिर १५ गतेदेखि २८ गतेसम्म शेयर दाखिलखारेज बन्द गर्नेछ। यसअनुसार मंसिर  १४ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीकाे लाभांश प्राप्त गर्न सक्नेछन्।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *