एउटै जिल्लाभित्रको पास पनि रद्द

रासस । जेष्ठ ०२, २०७७

काठमाण्डाै – जिल्लाकै एउटा ठाउँबाट अर्को ठाउँमा जानसमेत नपाइने भएको छ ।

कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि गृह मन्त्रालयले बिहीबार एउटा जिल्लाभित्र सवारी सञ्चालन गर्न पाउने गरी जारी गरेको सवारी पास रद्द गर्ने निर्णय गरेको हो । 

कुनै पनि व्यक्तिलाई अत्यावश्यक कामका लागि बाहिर निस्कनुपरेमा नजिकैका प्रहरीलाई सम्पर्क गर्न सकिने गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बताउनुभयो ।

मन्त्रालयले बिहीबारबाट एउटा जिल्लाबाट अर्को जिल्लामा प्रवेश गर्न रोक लगाएको छ । मन्त्रालयमा आज नै उपत्यकाका नगरपालिकाका प्रमुखहरुसँग अहिलेको अवस्थामा स्थानीय तहको भूमिकाका सम्बन्धमा छलफल गरिएको थियो । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *