एभरेष्ट इन्स्योरेन्सको लिलामी शेयर किन्ने आज अन्तिम दिन

Investopaper, भाद्र ०८, २०७६

एभरेष्ट इन्स्योरेन्सले लिलाम बढाबढमा बिक्रीमा ल्याएको शेयरमा शिलबन्दी बोलपत्र पेश गर्ने भदौ ८ गते आइतबार अन्तिम दिन रहेको छ। कम्पनीले साउन २९ गतेदेखि ५ लाख २९ हजार ७८० कित्ता शेयरमा बोलपत्र आवेदन गरेको थियो।

इन्स्योरेन्सले गत जेठ १४ गते देखि असार १६ गते बिक्रीमा ल्याएकोमा हकप्रदमा बिक्री नभएर बाँकी रहेको उक्त शेयर लिलामी मार्फत बिक्रीमा आउने भएको हो।

लिलामी शेयरमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल, नायणचौर नक्साल, एभरेष्ट इन्स्योरेन्सको मुख्य कार्यालय हात्तिसार, काठमाडौंमा बोलपत्र आबेदन पेश गर्न सकिनेछ । त्यसैगरि सिद्धार्थ वैंकका उपत्यका बाहिर रहेका मुख्य मुख्य शाखाहरूबाट आवेदन दिन सकिने छ ।

बोलपत्र पेश गर्दा संस्थापक र सर्वसाधारण दुबैं समुहतर्फको लागि न्युनतम एक सय कित्ता वा त्यस भन्दा बढीको लागि १० अंकले भाग जाने संख्याको लागि आवेदन गर्न सकिनेछ। अधिकत्तम सबै कित्ताको लागि बोलपत्र पेश गर्न सकिन्छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *