कविता : 😎 लत्रन्न झुक्दैन यो 😎

— नारद गाैतम

नेपाली मन तर्सिँदैन रिपुका धम्की र ध्वाँसासित ।
पर्दा यो छ नि युद्धकौशल जता होस् गर्छ आफ्नै जित ।।
लड्छौँ छैन नि मर्नको डर कसै वैरी लखेट्छौँ पर ।
छोड्दे भारत भूमि भिड्न नपरोस् ज्यादा नगर् बर्बर ।।

आगो बन्छ हुरुर्र बल्छ रणमा तातो छ हाम्रो खुन ।
विश्वासी छ इमान राख्छ अगुवा बन्दिन्छ प्यारो हुन ।।
गोर्खापल्टन हेर फर्क त त्यता राख्यौ बन्यो रक्षक ।
तिम्रो देश कुरेर बस्छ नमुना मान्यौ नि संरक्षक ।।

यो नेपाल स्वतन्त्र देश वशमा पर्दैन कैयौं परे ।
यस्को विश्वप्रसिद्ध गौरव भुल्यौ सङ्ग्राम कैयौं टरे ।।
यो जङ्गी छ निशान इन्दुरवि छन् लत्रन्न झुक्दैन यो ।
गोलीबारुद अस्त्रशस्त्र जुन होस् देखेर लुक्दैन यो ।।

ठूलो हुन्छ नि मातृभूमि मुटु हो जोगाउने धर्म हो ।
पर्दा प्राण दिइन्छ सत्यपथमा चल्छौँ यही कर्म हो ।।
लड्छौँ अर्जुन धर्मखातिर लडे हो न्याय नै सारथि ।
अन्यायी हुल हार्छ न्याय विजयी बन्दिन्छ माला गुथी ।।

मोदी ! उग्र बनेर त्यो तुजुकले गर्दैन तिम्रो जय ।
हार्छौ लज्जित बन्नुपर्दछ तिमी ऐले त छौ निर्भय ।।
नक्सा कृत्रिम छापियो त्रुटि भयो नेपाल मिच्दै गयौ ।
खै प्राचीन प्रमाण के छ त अरू रु जाली तिमी नै भयौ ।।

जाऊ फर्क र हेर के लिखित छन् पाना सुगौलीतिर ।
गर्दैछौ किन ज्यादती रु अति गर्यौ झुक्नेछ तिम्रो शिर ।।
खायौ भूमि मिचेर किन्तु सब ती फिर्ता हुनेछन् बुझ ।
बेलैमा गर होश भूल सँचियोस् आओस् फिरोस् है सुझ ।।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *