कामना सेवा विकास बैंक “आठौं राष्ट्रिय कर दिवस, २०७६” मा सम्मानित

Investopaper, मंसिर ०२, २०७६

कामना सेवा विकास बैंक लिमिटेड आर्थिक वर्ष २०७४/०७५ मा मध्यमस्तरीय करदाता कार्यालयको कार्य क्षेत्रभित्र पर्ने करदाताहरु मध्ये सबैभन्दा बढी आयकर दाखिला गरेकोमा “आठौं राष्ट्रिय कर दिवस, २०७६“ को अवसरमा आन्तरिक राजस्व विभाग लाजिम्पाट, काठमाडौंबाट सम्मानित भएको छ ।

बैंकले देशका विभिन्न भागहरुमा १०३ वटा शाखा तथा ५१ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै, बैंकले ABBS, Latest Internet Banking and Mobile Banking, लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने योजना रहेको बैंकले जनाएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *