कृषक र कृषिकर्म : साप्ताहिक माैसमी अवस्था तथा विविध कृषि ज्ञान

इन्भेष्टोपेपर । बैशाख १२, २०७

नेपाल कृषि प्रधान देश, जबसम्म कृषिकाे व्यवसायिकिकरण हुँदैन देशकाे अर्थतन्त्रले गतिलिन सक्दैन । खेतीपातीकाे लागी माैसम सम्वन्धी जानकारी हुन अत्यावश्यक छ । यसैगरि सहि समयकाे पहिचान, उन्नत / सिफारिस गरिएका जातहरूकाे बारेमा जानकारी, लगाउने तरिका, स्याहार सुसार तथा बाली संरक्षण सम्वन्धि जानकारी अपरिहार्य हुन्छ ।

समस्त कृषकले कृषिकर्म र साप्ताहिक माैसमी अवस्थाकाे बारेमा समय सान्दर्भिक जानकारी लिइ लाभान्वित हुनसक्ने भएकाले राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रद्वारा प्रकाशित साप्ताहिक ( बैशाख १० गतेदेखि बैशाख १६ गतेसम्म) कृषि-मौसम सल्लाह बुलेटिनलाइ साभार प्रस्तुत गरिएकाे छ ।

मौसमी सारांश:

गत सातामा देशका अधिकांश भ-ूभागहरुमा बर्षा भएको छ साथै अधिकतम तथा न्यूनतम तापक्रम साप्ताहिक सरदर भन्दा कम मापन गरिएको छ।

साताको शुरू र अन्त्यतिरका दिनहरूमा हिमाली तथा पहाडी भ-ूभागमा आंशिक देशि सामान्य बदली रहने देखिन्छ भने तराइका भ-ूभागमा आांशशक देशि सामान्यतया सफा रहने देखिन्छ।

देशका पहाडी भ-ूभागमा साताको साताको शुरू र अन्त्यतिर थाेरै स्थानहरुमा र साताको मध्यमा एक-दईु स्थानमा मेघगजनय /चट्याङ्ग सहितको हल्का बर्षाकाे सम्भावना छ।

साताको शुरूमा सुखुर पश्चिम प्रदेशको तराई भ-ूभागमा मेघगजनय /चट्याङ्ग सहितको हल्का बर्षाकाे सम्भावना रहेको छ भने लुम्बिनी प्रदेशमा साताको अन्त्यतिर एक-दुइ स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित हल्का बर्षाकाे सम्भावना देखिन्छ।

सुदुर-पश्चिम र कर्णाली प्रदेशको हिमाली प्रदेशका हिमाली भ-ूभागमा अधिकतम तथा न्यूनतम तापक्रममा खासै परिवर्तन नहने र देशका बाँकी भ-ूभागहरुमा अधिकतम तथा न्यूनतम
तापक्रम हल्का बढ्ने सम्भावना छ।

कृषि सारांश:

चैते धानमा झारपात व्यवस्थापनको लागि बिस्पाएरिबेक १०% ई.सी., २५ लिटर पानीमा १२.५ एम.एल. को दरले प्रति राेपनीमा अथवा १७ लिटर पानीमा ८.३ एम.एल. को दरले प्रति कठ्ठामा धान राेपेको १५ देखि २५ दिनभित्र खेतमा छिपछिपे पानी भएको अवस्थामा फ्लेि फेन नोजलले स्प्रे गर्नुहाेस।

चैते धानमा गाँज हाल्न शरुु गरेको अवस्थामा ४.४ के.जी. यूरिया प्रति राेपनी वा २.९ के.जी. यूरिया प्रति कठ्ठाका दरले टपड्रेस गरि २४ घण्टासम्म् खेतबाट पानी बगेर बाहिर जान नदिनुहाेस।

चैते धानमा गवाराे किराको व्यवस्थापन गर्न फिप्रोनिल अथवा कारटाप हाईड्रोक्लोिाइड १५-२० के.जी. प्रति हेक्टरकाे दरले साँझपख छनहयुोस।्

फलफूल बालीको फल फुट्ने समस्या कम गर्न केराउगेडे अवस्थाको फल भएपछि प्लानोफिक्स वा प्लान्टाेप्लेक्स १ एम.एल. प्रति लिटर पानीमा घोली पात र फल भिज्नेगरि छर्कनुहाेस ।

आपँको फल कुहाउने औँसा नियन्त्रणको लागि भाले झिँगा आकर्षण गर्न फाेरमेन ट्राप (मिथाइल युजिनोल) २-३ वटा प्रति कठ्ठा राख्नुहाेस र २० लिटर पानीमा ४ लिटर मोलासेस र ५ एम.एल. स्पिनोस्याड राखि बगैँचामा छर्कनुहाेस। साथै, कुहेर झरेकाे फललाई खाडलमा पुर्नुहाेस ।

सुन्तलाजात फलफुल बगैँचामा सुक्ष्म खाद्यतत्वकाे व्यवस्थापनका लागि पालुवा आइिहेको बेला र दाना लागिसकेपछि २ पटक मल्टीप्लेक्स २.५ ग्राम प्रति लिटर पानीको दरले पात भिज्नेगरि छर्कनुहाेस ।

मध्य पहाडमा माघ महिनामा राेपेको बीउ आलुबालीमा हाल्म पुलिङ्ग (डाँठ उखेल्ने) गर्नुहाेस।

कलिलो अवस्थामा भएको तरकारी बालीहरुमा (काउली समहु, बोडी, सिमी, भण्टा, भिण्डी आदि) उफ्रने खपटे कीराले पातमा प्वालहरु पारी नोक्सानी पार्न सक्छ। थाेरै प्वालहरु भएमा खरानी वा गाईको गहँतु प्रयोग गर्नुहाेसतर धेरै क्षती भई आर्थिक नोक्सानी हुने अवस्था छ भने साईपरमेथ्रिन (१०% ई.सी.) २ एम.एल. प्रति लिटर पानीमा मिसाउर साँझपख छर्कनुहाेस ।

लहरे बालीमा लाग्ने शीतेढुसी राेगको व्यवस्थापनको लागि राेगग्रस्त तल्लो र पुरानो पातहरु हटाई मेन्कोजेव वा मेटाल्याक्जिल युक्त विषादी २ ग्राम प्रति लिटर पानीको दरले पातहरु भिज्नेगरि हप्ता दिनको फरकमा २-४ पटकसम्म छर्कनुहाेस ।

नेपालका विभिन्न स्थानहरुका घरपालवुा कुखुराहरूमा रानीखेत रागसँग मिल्देजुल्दाे लक्षण देखिने र धेरै मात्रामा कुखुराहरू समेत मर्ने गरेकाे पाईएकोले नजिकैको पशुराेग अन्वेषण प्रयोगशालामा नमूना जाँच गराइ बर्ड फ्लु भए नभएको यकिन गर्नुहाेस ।

ग्रास कार्प माछाको प्रजनन समय भएको हुँदा माउ छनाैटगरि करिव २४ घण्टा होल्डिङ्ग ट्याङ्कीमा अनकुुलन गरि प्रजनन गर्नुहाेस । भाले र पोथी माउ माछालाई शारीरिक तौलका आधारमा गोनाडोट्रोपिन हर्माेन क्रमशः ०.३५ र ०.७ मिलि लिटर प्रति के.जी. दिई भाले पोथी २:१ को अनपुातमा स्पनिंगका लागि छाड्नुहाेस ।

माछाको भुरामा योल्क स्याक हराएपछि पाउडर दूध वा उसिनकाे अण्डाको पहेँलो भागको झोल बनाई खुवाउनहाेस।

मध्य पहाड तथा तराई क्षेत्रमा सुम्वा सेटारिया घाँसको बीउ छर्नेसमय भएकोले जमिनलाई राम्ररी २-३ पटक खनजोत गरि प्रयाप्त चिस्यान भएको व्याडमा छर्नुहाेस । सुख्खा मौसममा व्याड राख्दा बीउलाई १.५ से.मी. गहिराईको कुलेसोमा छर्नुहाेस।

कृषि र पशु सम्वन्धी जिज्ञासाको लागि पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजे सम्म फोन गर्नुहोस्।

— साभार – कृषि-मौसम सल्लाह बुलेटिन – नेपाल कृषि अनुसन्धान परिषद्, राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रद्वारा जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा जारी

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *