कृषि बैंककाे ५२औं वार्षिकोत्सवको अवसरमा, सामाजिक उत्तरदायीत्व अन्तर्गत लुम्विनीमा कार्यक्रम

Investopaper, Jan 20, 2019

भैरहवा, माघ ५ । कृषि बिकास बैंक लिमिटेडको ५२औ वार्षिकोत्सव भाेली माघ ७ गते मनाउदै छ । यसैकाे पूर्वसन्ध्यामा कम्पनीहरूले समाजकाे लागी निर्वाह गर्नु पर्ने सामाजिक सामुदायिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत लुम्बिनी बिकास कोष परिसरमा सरसफाइ गर्नुका साथै  डस्टबिन प्रदान गरेकाे छ ।

विश्वका लाखाै पर्यटक तथा वाैद्ध धर्मावलम्वीहरू अाउने गाैतम वुद्धकाे जन्मस्थान, पावन भूमी लुम्विनीमा सुविधा र सरसफाइकाे महत्वलाइ अात्मसाथ गर्दै उक्त डस्टविनहरू उपलव्ध गराइएकाे कृषि विकास वैंक भैरहवाका निर्देशक श्री मिनराज पोखरेलयले वताउनु भयाे ।

कृषि विकास वैंकले सामाजिक दायित्व निर्वाह गर्ने सिलसिलामा सानै भए पनि पवित्र भूमिमा पवित्र काम गर्न पाएकाेमा खुसि व्यक्त गर्दै बैकका प्रमुख कार्यकारी अधिकृत (CEO) श्री अनिल कुमार उपाध्यायले डस्टविन हस्तान्तरण गर्नु भयों ।  लुम्विनी विकास काेषका उपाध्यक्ष मैत्रेय अवधेष त्रिपाठीले डस्टविन ग्रहण गर्दै अागामी दिनहरूमा पनि कृषि वैंक संग सहकार्यकाे अपेक्षा गर्दै धन्यवाद दिनु भयाे । उक्त अवसरमा लुम्विनी संग नाता जाेडिएका कपिलवस्तु तिलाैराकाेट र परासीमा समेत एकसाथ विकास गर्ने लुनम्विनी विकास काेषकाे याेजना रहेकाे बताउनु भयाे ।

लुम्विनी परिसरकाे सरसफाइ कार्यक्रममा कृषि विकास वैक लि. रुपन्देही जिल्लाका कार्यालयबाट कर्मचारीहरूकाे उल्लेख्य उपस्तिथि रहेको थियो। परिसरभित्र पर्यटक तथा अागन्तुकहरूकाे सुविधालाइ मध्यनजर गरि पहलाे चरणमा ५० वटा प्लाष्टिकका डस्टविनहरू राखिएकाे वैक श्राेतले जानकारी गराएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *