कृषि बैंक र नेपाल बैंकको जनकपुर एग्रो फार्मका लागि करीव २ अर्वकाे कर्जा स्वीकृत

इन्भेष्टाेपेपर । पुष ०६, २०७७ 

कृषि विकास वैक र नेपाल बैंकले जनकपुर एग्रो फार्मका लागि करीव दुई अर्व रूपैयाँ लगानी गर्ने संझाैता भएकाे छ । यस परियाेजनामा ६ लाख लेयर्स कुखुरा फार्म, बायो ग्यास तथा अर्गानिक मल उत्पादन गर्ने उद्देश्यसहित स्थापना भएकाे हाे ।

जनकपुर एग्रो फार्मका लागि कृषि विकास बैंक लि.को अगुवाइमा सहवित्तीयकरण कर्जा अन्तर्गत नेपाल बैंक लि. सहितको कर्जा प्रवाहका लागि बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, नेपाल बैंक लि.को प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र उक्त फार्मका अध्यक्ष खुमा प्रसाद अर्याल समेतको उपस्थितिमा SLA सम्झौता सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा बैंकका तर्फबाट उपमहाप्रबन्धक प्रताप सुवेदी, विभागीय प्रमुख बाबु काजी थापा लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । उक्त कर्जा लगानीबाट जनकपुर धनुषाधाम लगायतका पूर्वी क्षेत्रमा कुखुराको मासु तथा अण्डा उत्पादनमा आत्मनिर्भर हुन गई आयत प्रतिस्थापनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने देखिएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *