“कृषि विकास बैंक : हाम्रो पौरख, हाम्रो गौरव”

— चाेलेन्द्रराज अधिकारी

कृषि विकास बैंक जहाँ हामी हजारौ युवा जनशक्तिहरूले विभिन्न कालखण्डमा आफ्नो जीवनको उत्पादक अमुल्य समय र जवानी वितायौ र मेहनतका साथ रगत पसिनाले सिञ्चन गर्यौ। त्यसवेलाको समयमा कृषि विकास बैंक युवा नै युवाले भरिएको ससक्त र जुझारू अव्वल युवा बैंकको नामले परिचित थियो र वर्तमानमा त्यो अध्यावधिक कायम छ।

वि. सं. २०२४ सालमा विकास बैंकको रुपमा कृषि विकास बैंकको स्थापना भयो। बैंकले अनेकौ आरोह अवरोह पार गर्दै हाम्रा अग्रजहरूले अनेकौ वाधा अड्चन कठिनाइ र अभावबाट गुज्रदै सकि नसकि आफ्ना योग्यता र क्षमताको भरमा घिसार्दै धकेल्दै उठाउदै लालटिन, मैनटोल वाल्दै र टेवलको (एक प्रकारको हिसाव गर्न तयार गरिएको गणना गरिने हिसावको शुत्र ) प्रयोग गरि गणना गर्दै हिसाव लेजरमा रेकर्डहरू अध्यावधिक गरिन्थ्यो।

हाम्रा अग्रजहरूले कठोर अनुशासन र परिश्रम गर्दै “बैंक पहिला” भन्ने दर्शनबाट प्रशिक्षित गराउदै “बैंक पहिला त्यस पछि आफू” भन्ने मूल मन्त्र वोकेर कर्तव्यनिष्ट हुदै सुगम तथा दुर्गमका विपन्न साना किसान देखि ठूला किसान सम्मको सेवामा सेवामा सधै डटेर रह्यौ।

बैंक र विकास बैकको काममा युवा जनशक्तिलाई प्रशिक्षित गराउदै बैंकमा ठूलो संख्यामा ५० को दशकको सुरूवातकै वर्ष देखि नै विविध शंकायमा प्राविधिक र प्रशासनिक नयाँ जनशक्ति भित्र्याउदै कार्यालय सञ्जाल समेत वृद्धि गर्ने कार्य सगैं विविध शंकायमा बैंक प्रवेश गरेका हामीहरूलाई हाम्रा अग्रजहरूले सोहि दशकको उत्तरार्धवाट क्रमशः पुस्तान्तरण प्रारम्भ गर्दै वाहाँहरूको विरासत हाम्रो काँधमा सुम्पेर सेवा निवृत्त हुदै कयौं पुस्ता दरपुस्ता वाहिरिने क्रमको थालनी पनि भयो र यो क्रम चलिरहेको छ र रहने छ।

हामी गौरवका साथ भन्न सक्छौ कि हाम्रा अग्रजहरूले कठोर अनुशासन र परिश्रम गर्दै “बैंक पहिला” भन्ने दर्शनबाट प्रशिक्षित गराउदै “बैंक पहिला त्यस पछि आफू” भन्ने मूल मन्त्र वोकेर कर्तव्यनिष्ट हुदै सुगम र दुर्गम कुनै पर्वाह नगरि दुर्गममा अति कठोर दुर्गम क्षेत्र सम्म डटेर सामना गर्दै विपन्न साना किसान देखि ठूला किसान सम्मको सेवामा सधै डटेर रह्यौ। साधन श्रोत र प्रविधिको कुरा गर्दा ४० को दशक र त्यो भन्दा अघिल्लो पुस्ताकाले लालटिन, लेजर(ढड्डा), अधिक भए मैनटोल र क्यालकुलेटर (८-१०डिजिट मात्रको) टाइप राइटर सम्मको हुने गर्दथ्यो।

लेखा प्रणालीमा मुख्य लेखा शिर्षकहरू (२० वटा BL Head ) र ऋण हिसावमा १/१ पैसा नमिल्दासम्म रातभर गर्ने हिसाव गणना र विशेषत खातावन्दिको समयमा गर्ने गरेका मेहनतको पुरा फेहरिस्त र परिश्रमको वयान गर्दा एउटा दन्त्यकथा झै लाग्ने हुनसक्छ।

आजका आधुनिक र नयाँ पुस्ता माझ त्यो समयको अवस्था वारे छोटो जानकारी स्वरुप हाम्रा अग्रजहरू र हाम्रै पुस्ताले समेत लालटिन वालेर भौचर, T, DMS, AL, GL, BL, Main ledger, Side Ledger Posting, हिसाव भिडान र ऋण हिसाव राख्ने Ledger, Side Ledger आदि गर्दा सवै परंपरागत ढाँचाका ढड्डा शैलीमा कार्य सम्पादन हुन्थ्यो। लेखा प्रणालीमा मुख्य लेखा शिर्षकहरू (२० वटा BL Head ) र ऋण हिसावमा १/१ पैसा नमिल्दासम्म रातभर गर्ने हिसाव गणना र विशेषत खातावन्दिको समयमा गर्ने गरेका मेहनतको पुरा फेहरिस्त र परिश्रमको वयान गर्दा एउटा दन्त्यकथा झै लाग्ने हुनसक्छ।

त्यो समयको कार्यशैली र प्रणाली ग्रामीण क्षेत्रमा आदर्श मानिन्थ्यो। प्रशासक, समाजसेवी, स्वास्थ्यकर्मी र विविध विषय विज्ञको भूमिका निर्वाह गर्नुपर्ने हुन्थ्यो। देशभर गाउँगाउँमा छरिएर रहेका कार्यक्षेत्र जान न पुलपुलेसा थिए न त कुनै सवारीका साधन। करिव करिव सवै पैदल यात्रा नै तय गर्नु पर्दथ्यो। कार्यक्षेत्रको गन्तव्यहरू अत्यन्त दूर्गम र विकट पनि थिए। त्यस तर्फ लाग्दा उकालो ओरालो भिर पाखा क्वार क्वारको डर लाग्दो वादर लड्ने भीरको सानो गोरेटो वाटाहरू छिचोल्दै जानु पर्दथ्यो। फिल्ड जादा न खाना समयमा हुन्थ्यो न वास भनेको ठाउँमा पाईन्य्थो अर्थात आफूले चाहेको वेला खान र वस्न असम्भव नै हुन्थ्यो। निश्चित ठाउँमा मात्र खाने र वस्ने ठाउँ हुन्थे र त्यो गाउँ सम्म जसरि भए पनि पुग्नै पर्थ्यो तव मात्र खान र वस्न पाइन्थ्यो, चाहे त्यहाँ पुग्न मध्यरात सम्मको समय नै किन नलागोस।

प्रसंग वस २०५०/५१ सालको स्मरणलाई उल्लेख गर्नु वान्छनिय लाग्यो। राजधानी संगै जोडिएको धादिङ्ग जिल्लामा कार्यरत रहदा कामकै सिलसिलामा जिल्लाको अत्यन्त विकट हिमाली क्षेत्रको तत्कालीन “रि गा. वि. स.” जुन सदरमुकाम धादिङ्ग वेसीवाट करिव २४/२५ कोशको दुरि (४-५दिनको वाटो ) सम्म पुगेको थिए। जाहा पानीको एक मात्र श्रोतको रूपमा एउटा कुवा रहेछ। जहा स्थानीय पशु र मानिस दुवैले प्रयोग गर्ने गरिदो रहेछ। पशुले पानी खादा कुल्चेर धमिल्यिएको त्यो कुवामा लामो समय कुरे पश्चात जव पानी सङ्गिलिछ त्यस पछि ठूलो डवकोले विस्तारै ओभाएर गाग्री भरि घरायसी प्रयोगमा आउने रहेछ।

हामी बैंक प्रवेश गरेको समय पूर्व अर्थात २०४० को दशक सम्म पनि आधुनिक प्रविधिको प्रयोग भनेको नै एडिङ्ग मेसिन र मैनटोल, साइकल, कुनै कार्यालयमा मोटर साइकल र नगन्यको शंख्यामा कहि कहि मोटर सम्म रहेछन। बैंकमा क्रमशः आधुनिकी करणको गर्दै जाने क्रममा ऋण हिसाव र लेखा हिसाव राख्न लेजर (ढड्डा) र पाउनु पर्ने व्याजहरूको लिष्ट लगायतका विभिन्न हिसाव गणना गर्न (तत्कालीन) आधुनिक साधन क्याल्कुलेटरको युगवाट परिवर्तित आधुनिक यात्राको क्रममा २०५० को दशकको सुरूवात देखि द्रुत गतिमा बैंकले छलाङ्ग मार्दै अत्याधुनिक कम्प्युटरीकृत प्रविधिलाई भित्र्यायो। नेपालमा सवैभन्दा पहिला कम्प्युटर भित्र्याउने गौरवशाली बैंक वन्न सफल भयो।

पहिलो अत्याधुनिक छिटो छरितो कम्प्युटरीकृत प्रणालीको बाणिज्य बैंकिङ्ग कार्यको सुरू रत्नपार्कमा कार्यालय स्थापना गरि पहिलो बैंकिङ्ग कार्यालयको रूपमा स्थापित भयो। बैंकले २०५० को दशकमा धेरै क्षेत्रमा सफलता हांसिल गरेकोले यो दशकलाई बैंकको सफल दशकको रूपमा हेरिन्छ।

तत्कालीन उच्च व्यवस्थापनले दूरदर्शी कुशल दक्षता प्रदर्शन गर्दै (श्रीकृष्ण उपाध्यायको नेतृत्वमा) कम्प्यूटर प्रविधि सगैं सोहि दशकदेखि बैंकले आफूलाई आर्थिक आत्मनिर्भर हुन अर्को फड्को मार्दै वाणिज्य बैंकिङ्ग कार्य पनि थाल्यो। पहिलो अत्याधुनिक छिटो छरितो कम्प्युटरीकृत प्रणालीको बाणिज्य बैंकिङ्ग कार्यको सुरू रत्नपार्कमा कार्यालय स्थापना गरि पहिलो बैंकिङ्ग कार्यालयको रूपमा स्थापित भयो। त्यस पछि आक्रमक गतिमा पूर्ण बाणिज्य बैंकिङ्ग सञ्जालहरू थप गर्दै नेपालको सवैभन्दा ठूलो र सवैभन्दा धेरै सञ्जाल भएको बैंकको रूपमा स्थापित भएकोमा हाल अन्य बैंकहरूले उपाधि खाेसिरहेकाे अवस्था छ। बैंकले २०५० को दशकमा धेरै क्षेत्रमा सफलता हांसिल गरेकोले यो दशकलाई बैंकको सफल दशकको रूपमा हेरिन्छ। कृषि विकास बैंकको आफ्नो यात्रामा ५० को दशकलाई स्वर्णिम कालको रूममा लिन सकिन्छ।

वर्तमानमा बैंकको उच्च व्यवस्थापनको नेतृत्व सोहि स्वर्णिम दशकको पुस्ताकै (हाम्रै पुस्ताको एक सदस्यले गरिरहेको अवस्था) छ। यो ५० को पुस्ताले लालटिन, मैनटोल, टेवल, एडिङ्ग मेसिन, टाइप राइटर र लेजर (ढड्डा) प्रणालीबाट छलाङ्ग मार्दै अत्याधुनिक कम्प्युटरीकृत बैंकिङ्ग प्रणाली र विद्युतीय संसाधनहरू ( पंखा, एयर कण्डिसन र अत्याधुनिक मुद्रण आदि) प्रयोगको सुरूवात गर्दै सफल विस्तार गर्ने भाग्यमानी पहिलो पुस्ताको प्रयोग कर्ता पर्दछौ।

अविश्वसनीय लाग्न सक्छ तर सत्य हो, तत्कालीन समयमा टेलरमा प्रयोग हुने एउटा CPU मात्रै २ जनाले वोक्नु पर्ने तौल सम्मका थिए। PC मा रहेको Hard Disk मात्रै झण्डै ३-४ किलो तौल र Storag क्षमता MB मा गणना हुन्थे।

भन्नै पर्दछ सवै भन्दा पहिला कम्प्युटरीकृत प्रणाली संचालन र प्रयोग गर्ने सौभाग्यशाली पहिलो पुस्ताका प्रयोगकर्ताहरू २०-२५ जना मध्येकाे एक सदस्य म पनि हूं।

त्यो समयमा प्रयोग भएका कम्प्युटरहरू वारे उल्लेख गर्दा अविश्वसनीय लाग्न सक्छ तर सत्य हो।
तत्कालीन समयमा टेलरमा प्रयोग हुने एउटा CPU मात्रै २ जनाले वोक्नु पर्ने तौल सम्मका थिए। CPU मा रहेको Hard Disk मात्रै झण्डै ३-४ किलो तौल र Storag क्षमता MB मा गणना हुन्थे। बैंकले २०४३/४४ साल तिर नै अंग्रेजी र देवनागरी (मुनि वहादुर शाक्य द्वारा निर्मित) दुवै भाषा प्रयोगमा थिए। सुन्दा अपत्यारिलो लाग्न सक्छ तर यथार्थ हो जसको साक्षी (बैंकिङ्ग कार्यालय रत्नपार्कमा) म पनि हूं। त्यो गौरवमय अवसर प्राप्त भएकोमा गर्भ छ मलाई ।

अग्रजहरूले जिम्मा सुम्पेको विपन्न साना किसान र ठूला कृषकको नासोको रूपमा प्राप्त बैंकलाई अथक परिश्रम गर्दै वर्तमानको सवै भन्दा वढी सञ्जाल भएको सवै भन्दा ठूलो पूँजी भएको नेपालकै अग्रणी पूर्ण वाणिज्य बैंकिङ्ग प्रणालीमा विश्व स्तरीय कम्प्युटरीकृत प्रणाली सम्म पुर्याउदा हरेक सदस्य गौरवान्वित हुन्छ। एक सफल बैंकको पूर्व कर्मचारीको हैसियतमा हाल अवकाश जीवन विताई रहदा केन्द्रीय बैंकले समेत नेपालका २६ बाणिज्य बैंकहरू मध्ये अव्वल श्रेणीको बैंकको रूपमा स्थापित गर्दा गर्भले ओतप्रोतहुँदै छाती निकै चौडा भएकोछ, गर्भ लागेकोछ।

अझै नयाँ जोस जाँगर र आधुनिक प्रविधि युक्त पुस्तामा क्रमिक रूपमा पुस्तान्तरण हुदै कालान्तर सम्म कृषि विकास बैंक अमर रहने छ। कृषि विकास बैंक सर्वोत्कृष्ट थियो छ र अनन्त सम्म रहने छ।

अन्तमाः
कृषि विकास बैंक यस्तो बैंक हो जसले आफ्ना प्रत्येक कर्मचारी,उसका आमा/वुवा र सन्तति समेत गरि तीन पुस्तालाई आधुनिक शैली युक्त जीवन यापन गराएको छ। उनका सन्ततिको आधुनिक प्रविधि सहितको उच्च शिक्षा हासिल गर्न सम्भव गराएको छ। आज तिनै सन्ततिहरू समुद्र पार विकसित मुलुकमा आफ्नो सिप र क्षमता डटेर प्रदर्शन गरिरहेका छन। सवै कर्मचारीहरूको तीन पुस्ताको दरिलो सवल आर्थिक आधारको पृष्ठभूमि वनेर सधै उभिदै अटल रह्यो। आफू वाच्यो, आफ्ना कर्मचारी र तिनका सम्पूर्ण परिवारहरूलाई स्तरिय जीवनको आधार वन्यो।

गौरवका साथ सवैले एक स्वरमा भनौ कृषि विकास बैंकको कर्मचारी हुने सौभाग्य पाएकोमा गौरव गर्दै आजीवन गौरवान्वित हुने छौ।
अनुभवहरू स्मरणगर्दै आलेख तयार गर्दा कहि कतै अन्यथा भए क्षमा प्रार्थी छु।
— चोलेन्द्रराज अधिकारी (२३९८)
(२०४१ सालमा बैंक प्रवेश कर्मचारीको नजरमा कृषि विकास बैंक)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *