क्लोज क्याम्पमा राखिएका अनुशासनहीन ४ खेलाडी बर्खास्त
Investopaper, मंसिर ०१, २०७६
अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकप २०२२ का लागि छनोट भएका चार जना खेलाडीलाई बर्खास्त गरेकाे छ । कुवेतविरुद्ध प्रतिस्पर्धा गर्ने खेलाडीहरू फर्वार्ड विमल घर्तीमगर, मिड फिल्डर अन्जन विष्ट, अर्का मिड फिल्डर सन्तोष तामाङ र डिफेन्डर दीनेश राजवंशीलाई कारबाही स्वरूप बर्खास्त गरेकाे एन्फाका प्रवक्ता किरण राईले बताउनु भएकाे छ ।
यी चार खेलाडी थिम्फु जाने तयारीकाे लागि घरबाट सामान ल्याउन निस्केकाेमा रातभर ठमेलका नाइट क्लबहरूमा गएकाे भन्दै कारबाही गरेकाे एन्फाले जनाएको छ । अनुशासनहीन काम गरेको भन्दै उनीहरूलाई राष्ट्रिय टिमबाट बर्खास्त गरेको हाे ।
राष्ट्रिय टिमबाट बर्खास्त भएसँगै उनीहरुको स्थानमा एन्फाले वैकल्पिक खेलाडीलाई भुटान पठाउने तयारी गरेकाे छ । नेपालले विश्वकप छनोटका लागि कुवेतविरुद्ध थिम्पुमा मंगलबार प्रतिस्पर्धा गर्दैछ ।
