गजल : जिन्दगीले अप्ठ्यारोमा हिन्न सिकायो

— अर्जुन सेढाई

जिन्दगीले अप्ठ्यारोमा हिन्न सिकायो ।
खुन बेचि रहरहरू किन्न सिकायो ॥

आफन्त नै हुँदा रैछन धेरै रिस गर्ने,
दु:ख पर्दा खास मान्छे चिन्न सिकायो ।

बाध्यताको भुमरीमा पिल्सिएर बस्दा,
घुन सरि खुशीहरू पिन्न सिकायो।

संघर्षको मैदानमा एक्लै जुध्नु पर्दा,
मनका ईच्छा चाहनालाई छिन्न सिकायो ॥

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *