गजल …’प्रकृति’

गंगा लिगल

हामी संग प्रकृति रिसाइन कि साथी
रिसले फूल फुल्न बिसाइन कि साथी ।

यो बसन्तमा फूल फुलाउनै पर्छ तिनले
बसन्त मै सौन्दर्य छिपाइन कि साथी ।

बेली चमेली फुल्नै पर्छ यही मौसममा
सुबास भैकन नै भगाइन कि साथी ।

भवरा आउलान भनी पातमा आफु छिपी
रसास्वादन गर्ला भनी लुकाइन कि साथी ।

प्रकृति र हाम्रो तादाम्य मिलेन जस्तो लाग्छ
यस्तै भएर तिनी टाढा भइन कि साथी।

तर आएर सौन्दर्यको मात देखाउनै पर्छ
यसैले तिनी यहाबाट कतै रमाइन कि साथी ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *