गायक अलिफ खानको प्रतिक्षित गीत ‘छुँदिन म जाले रुमाल’ सार्वजनिक
इन्भेष्टाेपेपर । फागुन ०४, २०७७
गायक अलिफ खानको स्वर तथा अभिनयसहित ‘छुँदिन म जाले रुमाल’ बोलको गीत सार्वजनिक भएको छ । उक्त म्यूजिक भिडियाे डिभाइन म्युजीकले दर्शकमाझ ल्याएकाे हाे ।
यस म्यूजिक भिडियाेमा अर्जुन पोखरेलको संगीत रहेको छ भने साजन साहले मिक्सिंग गर्नुभएको हो । ए प्लस स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोमा इन्जमान अलि खान र श्रेया सिटौलाको अभिनय रहेको छ । भिडियो बिधान कार्कीले निर्देशन गर्नुभएको हो ।
दियाे व्यांक्वेट, काठमाणडाैमा छायांकन गरिएकाे यस म्यूजिक भिडियाेका छायाकार उत्सव ढकाल हुनुहुन्छ भने रंग संयाेजन विकास ढकालकाे रहेकाे छ ।
