घोडीघोडा लघुबित्तको आईपिओमा ४० गुणा बढी आवेदन।

घोडीघोडा लघुवित्तको आईपीओमा अत्यधिक आवेदन परेको छ। कम्पनीले असार २० गते देखि सर्वसाधारणलाई निष्काशन गरेको १ लाख २४ हजार ५ सय ९० कित्ता शेयरमा ४० गुणा भन्दा बढी आवेदन परेको छ।
विक्रीप्रबन्धक प्रभु क्यापिटलको अनुसार यस आईपीओमा अन्तिम दिनसम्ममा २ लाख ९१ हजार ६५५ जना आवेदकले ४९ लाख ९७ हजार १२० कित्ताका लागि आवेदन दिएका छन्।हाल प्राप्त आवेदनको तथ्यांक प्रमाणीकरण गर्ने कार्य तीव्र रूपमा अघि बढेको विक्रीप्रबन्धकको भनाइ छ ।

विक्री बन्द भएको १ हप्ता भित्रनै बाँडफाँट गर्ने तयारी भइरहेको क्यापिटलले जानकारी दिएको छ । अत्यधिक माग भएको कारण यस लघुबित्तमा पनि धेरै लागानिकर्ता निराश हुने छन् किनभने मात्र १२,४५९ जनाले १० कित्ता शेयर चिट्ठा मार्फत पाउने छन्। लगभग २,७९,००० लगानीकर्ताको को हात खाली हुने छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *