ज्योति विकास बैंकका ग्राहकहरुलाई फिटनेस सेन्टरमा विशेष छुट

न्भेष्टाेपेपर । भाद्र २६, २०८१

काठमाण्डाैँ । ज्योति विकास बैंक लिमिटेडले काठमाडौँस्थित “Shine Ikhadol Fitness & Recreation Center Pvt. Ltd” मा बैंकका ग्राहकहरूलाई १०% को विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।

यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले ठुलो भर्‍याङस्थित, शाइन इखाडोल फिटनेस तथा रिक्रीयशन सेन्टरको खानामा १०% छुट प्राप्त गर्नेछन्। उक्त स्विमिङ्ग पूल सहितको  फिटनेस तथा रिक्रीयशन सेन्टरमा पौडी सम्बन्धी तालिमहरुको पनि व्यवस्था रहेको छ।

हालै बैंकले ललितपुरस्थित “Medex Multispecialty Clinic & Diagnostic Center” मा २०% सम्मको छुट प्रदान गर्ने सम्झौता गरेको छ। यसका साथै, बैंकले काठमाडौंस्थित प्रख्यात “Tranquility Spa” का देशभरका १७ वटै आउटलेटहरूमा हरेक सेवा तथा सुविधाहरूमा ग्राहकहरूलाई ३०% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ। साथै, बैंकले Jasmine Fitness Club & Spa मा २०% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ।

ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।

ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *