ज्योति विकास बैंकको एकै दिनमा ३ शाखाको औपचारिक उद्घाटन​

Investopaper, पौष १४, २०७६

ज्योति विकास बैंकले  सोमबार पौष १४ गतेका दिन एकै दिनमा ३ वटा नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ​। बैंकले काठमाण्डौ महानगरपालिकाको रातोपुल, नागार्जुन नगरपालिकाको सीतापाईला र ललितपुर महानगरपालिकाको झम्सीखेलमा नयाँ शाखाको औपचारिक उद्घाटन गरेको हो​। बैंकिङ्ग सेवाको पहुँच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ ज्योति विकास बैंकले  ३ नयाँ शाखा संचालनमा ल्याएको हो​​।

ललितपुर महानगरपालिका वडा नं ३ झम्सीखेल स्थित बैंकको नयाँ शाखाको उद्घाटन ललितपुर महानगरपालिकाका मेयर​ चिरीबाबु महर्जनले गर्नुभ​एको छ​। उद्घाटनमा बोल्दै चिरीबाबु महर्जनले बैंकिङ्ग  क्षेत्र निकै संवेदनशील रहेको र राष्ट्र बैंकको नियम र अनुशासनमा रहनुपर्ने व्यवस्थाको बीच यस क्षेत्र सशक्त रुपमा अघि बढेको कुरामा जोड दिनुभयो। साथै उहाँले ज्योति विकास बैंकले पनि सोहि अनुरुपको अनुशासनमा रहि उत्कृष्ट सेवा पुर्याउनेमा आफू विश्वस्त रहेको बताउनुभयो।

सीतापाईला शाखाको उद्घाटन गर्दै बैंकका पूर्व अध्यक्ष तथा संस्थापक ध्रुव कुमार उप्रेती

त्यस्तै ज्योति विकास बैंकको नागार्जुन नगरपालिका वडा नं ४ सीतापाईला स्थित शाखाको उद्घाटन बैंकका पूर्व अध्यक्ष तथा संस्थापक शेयरधनी ध्रुव कुमार उप्रेतीले गर्नुभ​एको छ​। साथै, बैंकको काठमाण्डौ महानगरपालिका वडा नं ७, रातोपुल शाखाको उद्घाटन संचालक समितिका सदस्य जगदीश्वर प्रसाद अधिकारीले गर्नुभ​एको छ​।

रातोपुल शाखाको उद्घाटन गर्दै संचालक सदश्य जगदीश्वर प्रसाद अधिकारी

उद्घाटन समारोहमा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले ज्योति विकास बैंकले आवश्यक न्यूनतम  चुक्तापूँजी भन्दा बढी चुक्तापूँजी सहित अत्यन्त सबल पूँजीकोष कायम राख्दै एक विशिष्ट वित्तीय संस्था निर्माण गर्ने दिशामा अघि बढेकोले अन्य वित्तीय संस्थाहरुसँग विलय नभई आफै सशक्त रुपले अघि बढ्ने जानकारी प्रदान गर्नुभयो। साथै व्यवासायिक नाफा भन्दा माथि उठेर सामाजिक उत्तरदायित्व सम्बन्धी कार्य गर्न एक विशिष्ट कोष खडा गरी समस्त नागरिकरुको हितमा कार्य गर्न ज्योति विकास बैंक तत्पर रहेको विषय समेत जानकारी गराउनुभयो।

उद्घाटन समारोहमा बैंकका संचालकहरु, प्रमुख कार्यकारी अधिकृत, बैंकका अन्य कर्मचारी, ग्राहकवर्गहरु तथा स्थानिय व्यवासायीहरुको पनि उपस्थिति रहेको थियो।

हाल ज्योति विकास बैंकले १०२ शाखा कार्यालय, एक्सटेन्सन काउन्टर तथा ४३ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको साथै यस आर्थिक बर्ष भित्र नै अन्य थप २५ स्थानबाट समेत ATM मार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको हालसम्म बैंकले लाख ४० हजारभन्दा बढि खाताबाट रु. ३१ अर्बभन्दा बढि निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई रु. २६ अर्वभन्दा बढि लगानी गर्न सफल भएको

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *