टेस्लाका सीइओ एलन मक्स विश्वकाे सबैभन्दा धनी व्यक्ति

इन्भेष्टाेपेपर । पुष २४, २०७७ 

इलेक्ट्रोनिक कार बनाउने कम्पनी टेस्लाका सीइओ एलन मक्स विश्वको सबैभन्दा धनी व्यक्ति बन्नुभएकाे छ । ब्लुमबर्गले जारी गरेको २०२० का अर्बपतिहरुको सूचीमा यस अघिका सर्वाधिक धनी अमेजनका संस्थापक जेफ बेजाेसलाई पछि पार्दै पहिलाे स्थान हात पार्नुभएकाे हाे ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाए अनुसार मक्सको आम्दानी १८८ बिलियन अमेरिकी डलर भन्दा बढी भएको छ भने अमेजनका संस्थापकको आम्दानी १८७ बिलियन अमेरिकी डलर छ । टेस्लाको सेयरमा निरन्तर वृद्धि भैरहेको छ । यो सूचीम ५ सय अर्बपति सामेल छन् ।

२७ सय बिलीयन अमेरिकी डलर सम्पति भएका एलनले यो वर्ष १५० बिलीयन अमेरिकी डलर सम्पति आर्जन गरेकाे संचार माध्यमहरूले जनाएका छन् ।

स्मरणरहाेस कि परिवारमा भएको झगडाका कारण बेजासले आफ्नो सम्पतीकाे केही हिस्सा आफ्नो श्रीमतीलाई दिनुपरेको थियो । जेफ बेजाेसकाे अहिले श्रीमतीसँग ‘डिभोर्स’ भैसकेको छ । (एजेन्सी)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *