डा.गौतम वीर अस्पतालकाे प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त

इन्भेष्टोपेपर । जेष्ठ ११, २०७

काठमडाौं । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का प्रमुख प्रशासकीय अधिकारीमा डा जागेश्वर गौतम नियुक्त हुनुभएकाे छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालका प्रवक्ता डा गौतमलाई मन्त्रालयले प्रमुख प्रशासकीय अधिकारीमा तोकेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयाे ।
 
यही जेठ ६ गते कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८मार्फत सरकारले वीर अस्पताललाई युनिफाइड केन्द्रीय अस्पतालका रुपमा सञ्चालन गर्नेभएको थियो ।  कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालले संक्रमितको उपचार व्यवस्थापन (अक्सिजन आइसोलेशन, हाई डिपेन्डेसी युनिट (एचडियु), सघन उपचार कक्ष, टेलिमेडिसिन कल सेन्टर, होम आइसोलेसनफलोअप, एम्बुलेन्स र  आकस्मिक सेवासमेत सञ्चालन गर्ने छ । 

युनिफाइड अस्पतालले शय्या खाली भएका स्वास्थ्य संस्थामा संक्रमितको भर्नाका लागि आवश्यक समन्वय गर्ने छ । केन्द्रीय अस्पतालले प्रदेश सरकारसंँग समन्वय गरी प्रदेशस्थित संघ वा प्रादेशिक अस्पताललाई कोभिड–१९ युनिफाइड प्रादेशिक अस्पतालका रुपमा तोक्ने सक्ने व्यवस्था गरिएको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *