‘तिमीले कहिले कसैलाई केही दिएका छेनौँ, त्यसैले तिमी गरीब भएका हौँ’ – गौतम बुद्ध

इन्भेष्टोपेपर ।  फागुन १२, २०७६ 

वास्तवमा मानिसले जति धेरै पैसा कमायो उसलाई अझ बढी धनी बन्ने इच्छा जागेर आउँछ । नेपालको सन्दर्भमा मात्र होइन विश्वभर नै धनी र गरीबबीच एउटा अचम्मको दूरी छ । मानिसहरु गरिब भएकै कारण आफूलाई अभागी र असफल ठान्छन् ।

तर, वास्तवमा त्यसो होइन । एक ब्यक्तिले ‘म कसरी गरीब भएँ ?’ भन्ने प्रश्नमा भगवान गौतम बुद्धले दिएको उत्तरले हामीलाई लाग्नेछ कि वास्तवमै हामी कति धनी रहेछौँ र हाम्राे गरीबी एकै छिनमा हटेर जानेछ ।

प्राचिन कालका पुस्तकलाई आधार मान्ने हो भने गौतम बुद्ध नेपालको तिलौराकोटमा बुद्धत्व प्राप्त नभएपछि भारतको बोधगयामा बुद्धत्व प्राप्त गर्न जानुभयाे । त्यहाँ वहाँले बुद्धत्व प्राप्त गरेपछि आफूले पाएको ज्ञान सबैलाई बाँड्न थाल्नुभयाे । सोही क्रममा एक गरीबले बुद्धसँग आफू किन गरीब भएको भन्दै प्रश्न गरे ।

त्यसक्रममा बुद्धले भन्नुभयाे, ‘तिमीले कहिले कसैलाई केही दिएका छेनौँ, त्यसैले तिमी गरीब भएका हौँ ।’ प्रश्न सोध्ने गरिब किसान अचम्ममा पर्यो र आफूसँग अरुलाई दिने केही नभएको बरु साँझ बिहानको छाक टार्न गाह्रो भएको कुरा बुद्धलाई सुनायो ।

त्यत्तिकैमा बुद्धले मुस्कुराउँदै जवाफ दिनुभयाे, ‘तिमीले आफ्नो अनुहारबाट कसैलाई पनि मिठो मुस्कान दिन सक्छौँ । तिमीसँग दुई हात छ आवश्यक पर्दा सघाउन सक्छौ । तिमीसँग मुख छ मिठो बोल्न र कसैको प्रशंसा गर्न सक्छौँ । अनि तिमी कसरी गरीब भयौँ । गरीबी तिम्रो मनमा छ । जब मनबाट यो भ्रम हटाउनेछौँ तब तिम्रो गरीबी पनि आफै हटेर जानेछ ।’

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *