तिहारकाे अवसरमा उपराष्ट्रपति पुन पुख्यौली घरमा

Investopaper, कार्तिक ०९, २०७६

रोल्पा — उपराष्ट्रपति नन्दबहादुर पुन आफ्नो पुख्यौली घर आउनुभएको छ । परिवर्तन गाउँपालिका–२ रांसीको डाँडागाउँमा जन्मघर भएका उहाँ तिहार मनाउन आउनुभएको बताइएको छ ।   

 पहिलो कार्यकाल उपराष्ट्रपति भएका बेला घर आउनुभएका उपराष्ट्रपति पुनको दोस्रो कार्यकाल पछिको यो पहिलो आगमन भएको उहाँका भाइ भीमप्रकाश पुनले जानकारी दिनुभयो । उपराष्ट्रपति पुनले तिहारमा दिदीबहिनीको हातबाट टीका ग्रहण गर्ने कार्यक्रम छ । उहाँ गाउँपालिका स्तरमा हुने विभिन्न कार्यक्रममा सरिक हुने कार्यतालिका तय भएको वडाध्यक्ष हरिप्रसाद बुढाले जानकारी दिनुभयो ।    

स्थानीय सरकार गठनपछि पहिलोपटक गृह गाउँपालिका आउनुभएका उपराष्ट्रपतिलाई स्थानीयले झाकी तथा बाजागाजासहित भव्य स्वागत गरेका थिए । आफ्नो गाउँपालिकामा उपराष्ट्रपतिको आगमनले आफूहरु निकै हर्षित भएको गाउँपालिकाका अध्यक्ष निमकान्त डाँगीले प्रतिक्रिया दिनुभयो ।

— रासस

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *