नबिल बैंक र आर.एण्ड.डी. इनोभेटिभ सोलुसन्स्बीच सम्झौता

इन्भेष्टोपेपर । चैत्र २१, २०७७

नबिल बैंक र आर.एण्ड.डी. इनोभेटिभ सोलुसन्स् प्रा. लि. बिच कृषि प्राविधिकहरुलाई आवश्कता अनुसार बैंककाे कर्जा नितिको अधिनमा रहेर विभिन्न बैंकिङ्ग सेवाहरु प्रदान गरेर कृषि प्राविधिकहरुलाई सहयोग गर्ने सम्झौता भएको छ ।

उक्त सम्झाैतामा नविल बैंकका निरज कुमार बस्नेत र आर.एण्ड.डी. इनोभेटिभ सोलुसन्स् प्रा. लि, काठमाण्डौंका तर्सुफबाट सुनिता न्हेम्हाफुले हस्ताक्षर गर्नुभएकाे छ।

कृषि पढेकालाई सुलभ तरिकाले कर्जा उपलब्ध गराई उद्यमशिलता तर्फ लाग्ने वातावरण बनाउनका लागि नबिल बैंक र आर.एण्ड.डि. इनोभेटिभ सोलुसनले कृषि उद्यमशिलता विकासकालागि कृषि प्राविधिकहरु समक्ष वित्तिय पहुँच सहितको कृषि उद्यमशिलता विकास कार्यक्रम ल्याएको छ ।

यसका लागि आर.एण्ड डि. इनोभेटिभ सोलुसनले उद्यम गर्न चाहने प्राविधिकहरुको छनौट गरि उद्यमशिलता विकास सम्बन्धि आधारभूत तालिम दिई बैंक समक्ष सहुलियत कर्जाका लागि सिफारिस गर्नेछ । ती सिफारिस भएका प्राविधिकहरुको व्यवसायिक योजनाका आधारमा १० लाख सम्मको सहुलियत दरको कर्जा नबिल बैँकले उपलब्ध गराउनेछ ।

यस कार्यक्रम अन्तर्गत जेटिए, जेटि, आईएस्सीएजी र बि.एस्सी.एजी अध्ययन गरेकाले भाग लिन सक्नेछन् । यस कार्यक्रम अन्तर्गत आगामी एक वर्ष भित्रमा कम्तिमा १०० जना कृषि प्राविधिकहरुलाई उनीहरुकै ठा“उमा उद्यम विकास गर्ने योजना रहेको छ ।

यस कार्यक्रमले कृषि उद्यमशिलताको दिगो विकाससँगै तिनै प्राविधिक मार्फत अन्य कृषकहरुलाई पनि प्राविधिक सेवा पुग्ने विश्वास लिईएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *