नेपाल इन्भेष्टमेण्ट बैंकले इटालीको बैंकबाट बैंक जमानत बापतको २ अर्व पायाे

इन्भेष्टोपेपर ।  असार ५, २०७७ 

नेपालइन्भेष्टमेण्ट बैंक लिमिटेड (एनआईबीएल)ले इटालीको बैंक इन्टेन्सा सन्पाओला एसपीएबाट बैंक जमानत बापतको ८५ करोडरुपैयाँ र युरो ८७ लाख ५० युरो गरी कूल २ अर्ब रुपैयाँ भुक्तानी प्राप्त गरेको छ ।

यो रकम इटालीको अदालत ट्रिबुनल डे बोलोनाका तीन न्यायाधीशहरूको इजलासको यही २०२० जुन ९ तारिखमा यसअघि प्रारम्भिक सुनुवाईमा सोही अदालतको एकल न्यायाधीशको इजलासबाट इन्टेसा सन्पाओला एसपीएलाई भुक्तानीमा रोक लगाउने गरी भएको आदेशलाई बदर गर्ने गरी भएको अन्तिम आदेशबाट प्राप्तभएको हो ।

यो अध्याय नेपाली र अन्तर्राष्ट्रिय बैंकिङ्ग अभ्यासका लागि सकारात्मक विकासक्रम हो, जसले बैंक जमानत जस्ता बैंकिङ्ग उपकरणहरूमा विश्वास सुढृढ पार्दछ, जसबाट यस प्रकारको ठूलो कोषलाई समेत फिर्ता ल्याउन सकिन्छ भन्ने प्रमाणित गरेको छ ।

अन्तर्राष्ट्रिय अदालतमा सुनवाईको क्रममा पहिलो चरणमा जारी गरिएको अन्तरिम आदेश माथि चुनौती दिईएपछि बैंक जमानत बापतको रकम सफलतापूर्वक प्राप्तगर्न सकिएको हालसम्मको नेपाली बैंकिङ्ग इतिहासमा यो पहिलो उदाहरण हो ।

यस सफलतामा निरन्तर साथदिने अर्थमन्त्रालय, ऊर्जा मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल विद्युत् प्राधिकरण, तनहुँ जलविद्युत् प्रा.लि. तथा सबै शुभचिन्तकहरूमा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले हार्दिक आभार व्यक्त गरेकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *