नेपाल स्टारको टीम तथा ८ बिजेताकाे सिद्धार्थ इन्स्योरेन्सबाट दुर्घटना बिमा
इन्भेष्टाेपेपर । पुष ०९, २०७७
काठमाडौँ । सिद्धार्थ इन्स्योरेन्स लि. ले नेपाल स्टारको उत्कृष्ट ८ मा पुग्न सफल ८ प्रतियोगी , नेपाल स्टारका निर्णायकहरु एवं निर्देशकको १ बर्ष को दुर्घटना बिमा प्रदान गर्ने भएको छ ।
सो सम्बन्धि सम्झौतापत्रमा सिद्धार्थ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्री र कि एडभरटाजिङ सर्भिस प्रा.लि. का प्रबन्धनिर्देशक रबिन्द्र कुमार रिजाल ले एक कार्यक्रमका बीच हस्ताक्षर गर्नु भएको थियो ।
सम्झौता कार्यक्रममा नेपाल स्टारका निर्णायक मण्डलका सदस्य वरिष्ठ संगीतकार आलोक श्री, बरिष्ठ गायक राम कृष्ण ढकाल, बरिष्ठ गायिका अन्जु पन्त लगायत कम्पनीका वरिष्ठ पधादिकारी एवं नेपाल स्टारका उत्कृष्ट ८ मा प्रतिस्र्पधा गरिरहेका उम्मेद्वारहरुको उपस्थिति रहेको थियो ।
उत्कृष्ट ८ जनालाई जनही रु १५ लाख एवं निर्णायकहरु एवं निर्देशकको रु २५ लाख रकम बराबरको दुर्घटना बीमा रहेको छ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेड निर्जीवन बिमा कम्पनी मध्ये नेपालको एक अग्रणी बीमा कम्पनी हो ।
