प्राकृतिक प्रकाेप केन्द्रीत मन्त्रिपरिषद बैठक सम्पन्न : यस्ता छन ९ निर्णयहरू
Investopaper, असार २९, २०७६
नेपाल सरकार मन्त्रीपरिषद्को बैठक सकिएको छ । बैठकले बर्तमान अवस्थामा अाएकाे प्राकृतिक प्रकाेप केन्द्रीत भएर ९ निर्णय लिएको छ । मन्त्रीपरिषद्बाट सरकारले बाढी, पहिरो तथा डुवान प्रभावित क्षेत्रमा तत्काल अत्यावश्यक सेवा सुचारु गर्ने निर्णय समेत गरेको छ ।
बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानले ५१ जनाको मृत्यु भएको सरकारी तथ्याङक रहेको छ । पीडित परिवारलाई राहत दिन राहत कोषमा भएको पैसाले नपुगे थप पैसा दिने निर्णय पनि सरकारले गरेको छ । सरकारले सबै सुरक्षा अंग र सरकारी निकायलाई तयारी हालतमा रहन निर्देशन दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेका मन्त्रिपरिषद् बैठकले रक्षा, गृह र भौतिक पूर्वाधार मन्त्रालयले समन्वय गरेर विद्युत, सडक, खानेपानी लगायतका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सुचारु गर्ने निर्णय गरेको हो । बैठकले प्रभावित क्षेत्रमा तत्काल राहत पु¥याउने तथा घाइतेहरुको उपचारमा कुनै कमी हुन नदिने निर्णय समेत लिएको छ ।
बैठकले लगातारको वर्षापछि भएको भौतिक क्षति पुनः निर्माणका काम अगाडी बढाउने सरकारले निर्णय गरेको छ । सरकारले बाढी र पहिरोले भत्काएका विभिन्न राजमार्गमा तत्काल बेलिब्रिज बनाउने निर्णय गरेको हो । आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले पीडित नागरिकलाई राहत दिने निर्णयसँगै उद्धारमा पनि कुनै कसर बाँकी नराख्ने जनाएको छ ।
बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानले ५१ जनाको मृत्यु भएको सरकारी तथ्याङक रहेको छ । पीडित परिवारलाई राहत दिन राहत कोषमा भएको पैसाले नपुगे थप पैसा दिने निर्णय पनि सरकारले गरेको छ । सरकारले सबै सुरक्षा अंग र सरकारी निकायलाई तयारी हालतमा रहन निर्देशन दिएको छ ।
प्रभावित क्षेत्रमा प्रकोप फैलन नदिने औषधि र उपकरणसहित स्वास्थ्यकर्मीहरुको टोली पठाउने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । राहत तथा पुनर्निर्माणबारे थप निर्णय लिइने उनले बताए ।
सरकारले गरेका नाैवटा निर्णयहरू यस प्रकार छन्ः