अमेरिकामा फेसबुकलाई साढे पाँच खर्ब जरिबाना गर्ने निर्णय

Investopaper, असार २९, २०७६

अमेरिकी नियामकले तथ्याङ्कको गोपनियता कायम राख्न नसकेको मुद्दामा फेसबुकलाई पाँच अर्ब अमेरिकी डलर (साढे पाँच खर्ब नेपाली रुपैयाँ) जरिवाना तिराउन अनुमति दिएको पत्रपत्रिकाले लेखेका छन्।

फेडरल ट्रेड कमिशन एफटीसीले केम्ब्रिज एनलिटिका नामक राजनीतिक परामर्श संस्थाले फेसबुकबाट आठ करोड ७० लाख प्रयोगकर्ताको तथ्याङ्क प्राप्त गरेको मुद्दामा अनुसन्धान गरिरहेको छ।

एसटीसीमा यस सम्बन्धमा मतदान हुँदा ३-२ मतले फेसबुकको जरिबाना तय भएको बताइएको छ। फेसबुक र एफटीसी दुबैले बीबीसीलाई उक्त समाचारका बारेमा टिप्पणी नगर्ने बताए।

जरिवाना कसरी निर्धारण भयो?

एफटीसीले सन् २०१८ को मार्च महिनामा अनुसन्धान सुरु गरेको थियो।

अनुसन्धानको फेसबुकले सन् २०११ को एउटा सहमति भङ्ग गर्यो कि गरेन् भन्नेमा केन्द्रित थियो। सो सहमतिमा फेसबुकले तथ्याङ्क अरूलाई दिँदा प्रयोगकर्तालाई जानकारी दिनुपर्ने र उनीहरूबाट सहमति लिनुपर्ने प्रावधान छ।

द वाल स्ट्रीट जर्नलमा प्रकाशित समाचार अनुसार एफटीसीमा सत्तारूढ रिपब्लिकन समर्थकहरूले फेसबुकलाई पाँच अर्ब डलर जरिबाना लगाउनुपर्ने पक्षमा र डेमोक्र्याटहरू विपक्षमा रहेका थिए।

अन्य समाचारमा प्रयोग भएका स्रोतहरूले पनि सोही जानकारी प्रदान गरेको बताइएको छ। सो जरिवाना न्याय मन्त्रालयले स्वीकृत गर्नुपर्ने र त्यसको लागि लाग्ने समय अस्पष्ट भएको जनाइएको छ।

फेसबुक र एफटीसीले सो समाचारलाई पुष्टि गरेका छैनन् र बीबीसीसँग टिप्पणी नगर्ने बताएका छन्। तर जरिवाना रकम फेसबुकले अनुमान गरेकै जति छ। फेसबुकले एप्रिलमा आफ्ना शेयरधनीहरूलाई ठूलो जरिबानाको लागि त्यतिनै रकम छुट्टाएर राखेको बताएको थियो।

यो स्वीकृत भएको अवस्थामा कुनै पनि प्रविधि कम्पनीमाथि एफटीसीले लगाएको सबैभन्दा ठूलो जरिबाना हुनेछ। फेसबुकका लागि भने यो रकम वार्षिक नाफाको एक चौथाइभन्दा केही धेरै हो।

केम्ब्रिज एनालिटिका काण्ड

ब्रिटेनको राजनीतिक परामर्शदाता कम्पनीले राजनीतिक लाभका लागि गलत तरिकाले फेसबुक प्रयोगकर्ताहरूको सूचना लिएको आरोप लागेको थियो।

केम्ब्रिज एनालिटिकाले ती विवरणहरू अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको चुनावी अभियानमा सघाउ पुर्याउन प्रयोग गरेको थियो।

सो संस्थाले ती तथ्याङ्क एउटा प्रश्नोत्तरको माध्यमबाट सङ्कलन गरेको थियो। सो प्रश्नोत्तरमा सहभागी फेसबुक प्रयोगकर्ता र उनीहरूको सबै साथीहरूको तथ्याङ्क सङ्कलन गर्न मिल्ने गरी सो प्रश्नोत्तर बनाइएको थियो।

फेसबुकले हाल बन्द भएको सो कम्पनीसँग आठ करोड ७० लाख प्रयोगकर्ताको तथ्याङ्क भएको बताएको थियो। सो काण्डका बारेमा धेरै देशमा फेसबुकमाथि अनुसन्धान सुरु भएको थियो।

यसअधि ब्रिटेनमा क्याम्ब्रिज एनालिटिका प्रकरणमा फेसबुकको भूमिकालाई लिएर पाँच लाख पाउन्ड जरिबाना गरिएको थियो। त्यो ब्रिटेनको डेटा नियामक निकायले असुलेको अधिकतम जरिबाना थियो।

शेयर बजारको प्रतिक्रिया

लगानीकर्ताहरूले फेसबुकमाथिको जरिवानालाई सकारात्मक ढङ्गले लिएका छन् र फेसबुकको शेयर १.८ प्रतिशतले उकालो लागेको छ।

तर केही डेमोक्र्याट सांसदहरूले जरिवाना रकम थोरै भएको भन्दै यसको आलोचना गरेका छन्।

  • विविसीबाट साभार
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *