बडादशैंको दोस्रो दिन, आज ब्रह्मचारिणी देवीको पूजा आजा गरिँदै

न्भेष्टाेपेपर ।  असाैज  ११, २०७९

नेपालीहरुको महान पर्व बडादशैंको दोस्रो दिन आज मंगलबार देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको पूजाअर्चना गरिंदै छ । ब्रह्मचारिणीदेवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पूजाअर्चना गर्ने प्रचलन छ ।

ब्रह्मचारिणी देवीलाई भक्तिको प्रतीक मानिन्छ । उनको आराधनाले व्यक्तिलाई ब्रह्म अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचार्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख छ ।

देवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । महाकाली शक्तिको, महालक्ष्मी धनधान्य र ऐश्वर्यको एवम् महासरस्वती विद्या तथा बुद्धिको प्रतीकका रुपमा पूजाआजा एवं आराधना गर्ने परम्परा छ ।​

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने प्रचलन छ ।

नवरात्र सुरु भएसँगै देशभरका शक्तिपिठहरुमा विशेष रौनक छाएको छ । काठमाडौं उपत्यकाका नक्साल भगवती, शोभा भगवती, दक्षिणकाली, काभ्रेको नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका दुर्गा मन्दिरहरुमा बिहानैदेखि घुइचो लागेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *