बित्तिय सूचांकका आधारमा २०७५ का टप ५ बैंकहरु।।
२०७५ साल शेयर बजार लगानीकर्ताका लागी निराशाजनक रह्यो। शेयर बजारमा धेरै सुधार आउँदा पनि बजारमा भने त्यसले उल्लेख्य प्रभाव पार्न सकेन। यो बर्षको शुरुमा १४०० माथि रहेको नेप्से बर्षको अन्त सम्म आईपुग्दा १२०० को हाराहारीमा छ।
वर्ष भरनै निरन्तर बजार घट्नाले लगानीकर्ता पनि बजारप्रति अविश्वस्त हुँदै जाँदा कारोबार रकममा पनि धेरै कमी देखियो। जे होस् सालको अन्त्यतिर भने नेप्से कारोबार मूल्यमा सुधार आएको छ र थोरै मात्रामा भएपनि यसले शेयर लगानीकर्तामा ऊर्जा थप्ने काम गरेको छ।
निरन्तर घटेको बजारले लगानीकर्तालाई धेरै कुरा सिकाएको पनि छ। राम्रा कम्पनीको शेयर छान्न किन जरुरी हुन्छन् र नजानी प्रलोभनमा परि गरेका गलत निर्णयले कति पीडा दिन्छ भन्ने पाठ यो शेयर बजारले सिकाएको छ। बजार घट्ने बढ्ने क्रमपनि एउटा प्राकृतिक प्रकिया जस्तै नै हो जुन सबै विश्वबजारले भोग्नु नै पर्छ। नयाँ वर्षले शेयर बजारमा नयाँ विहानी ल्याउने अपेक्षा गर्न भने पक्कै सकिन्छ।
यो वर्षको अन्त्यसम्ममा सबै बैंकहरुले दोस्रो त्रैमासको प्रतिबेदन सार्वजनिक गरिसकेका छन्। त्यसै प्रतिवेदनका आधारमा हामीले विभिन्न सूचांकका आधारमा त्यस सुचांकका आधारमा बलियो देखिएका टप ५ बैंकहरुको सूची बनाएका छौ।
निक्षेप, कर्जा प्रवाह, खुद नाफा, प्रतिशेयर आम्दानी र चुक्ता पुँजीको आधारमा नेपालका टप ५ बैंक तल टेबलमा हेर्नुहोस्।


माथिको टेबलको आधारमा राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक , बैंक अफ एसिया र एभरेष्ट बैंकहरुको बित्तिय सुचांक बलियो देखिएको छ।