सिभिल क्यापिटल मार्केटले तीन करोड ७५ लाख रुपियाँको आईपिओ जारी गर्दै

Investopaper, चैत्र २९, २०७५

सिभिल क्यापिटल मार्केटले तीन करोड ७५ लाख रुपियाँको आईपिओ जारी गर्ने भएको छ। चैत २८ गते बिहीबार सम्पन्न विशेष साधारण सभाले सो निर्णय गरेको हो। याे संगै सिभिल क्यापिटल दोस्रो आईपिओ जारी गर्ने मर्चेन्ट बैंक बन्ने भएको छ।

क्यापिटलको बिहीबार सम्पन्न विशेष साधारण सभाले कम्पनीले जारी पूँजी २० करोडबाट २५ करोड रुपियाँमा वृद्धि गरि जारी पूँजीको १५ प्रतिशत साधारण शेयर सर्वसाधारणहरुमा जारी गर्ने प्रस्ताव पारित गरेको सिभिल क्यापिटलले जनाएको छ ।

जारी पूँजी वृद्धि र हकप्रद निष्काशन पश्चात कम्पनीको जारी पूँजी र चुक्ता पूँजी र वृद्धि हुने भएकाले कम्पनीमा हाल कायम रहेको प्रबन्धपत्रमा रहेकोे साविक व्यवस्थालाई संशोधन गरि कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने प्रस्ताव पारित भएको छ ।

सभाले प्रबन्धपत्र तथा नियमावली संसोधनका सम्बन्धमा नियमनकारी निकायबाट कुनै संसोधन, परिमार्जन तथा थपघट गर्न कुनै निर्देशन आएमा सो को पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गरेको छ।

यसअघि क्यापिटलले साधारण सभाबाट ३ करोड रुपियाँको साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरि धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ। सो आईपिओलाई क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपाल रेटिङ्ग ४ प्रदान गरेको छ।

सिबिआईएलको साधारण शेयर निष्काशनको काम नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ले गर्नेछ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *